शनिबार १५ माघ २०७८

हेटौँडा काठमाडौँ कान्तिलोकपथअन्तर्गत सिमात भन्ने ठाउँमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक कैलाली, सेतीलालपुरका २८ वर्षीय मीनबहादुर बुढामगर रहेको र अन्दाजी ३६ वर्षका अर्का एकजनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मकवानपुरको ठिंगनबाट फास्ट ट्र्याक निर्माणमा प्रयोग हुने सामग्री लिएर हेटौँडातर्फ आउँदै गरेको ना४त ६०७५ नम्बरको ट्र्याक्टर सडकबाट अन्दाजी करिब २५० मिटर तल खसेकोे र ट्र्याक्टरमा सवार दुवैजना गम्भीर घाइते भई हेटौँडा अस्पताल ल्याउँदा चिकित्सकले दुवैलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिनुभयो ।

पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ
नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय अमृत सोतीमगर र व्यवस्थापक सर्लाहीका २४ वर्षीय समीर कार्कीलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

कामदार भिसामा पोर्चुगल जानका लागि प्रतिव्यक्ति रु १४ लाख लाग्छ र पोर्चुगलमा पुगेपछि मासिक रु एक लाख कमाइ हुन्छ भनी उनीहरुले चार जनासँग १० लाखका दरले रु ४० लाख लिएर ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महाशाखाले जनाएको छ ।


Last Updated on: January 6th, 2022 at 11:25 am
५० पटक हेरिएको

तपाईको प्रतिक्रिया