
काठमाडौं । नेकपा एमाले (समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका पूर्वप्रधानमन्त्री माधव नेपालका १४ जना सांसदहरुलाई तत्काल का,रबाही गर्न नेकपा (एमाले)ले सभामुखको ध्यानाकर्षण गराएको छ ।
बिहीबार बिहान सभामुख अग्निसापकोटालाई भेटेर एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई नेतृत्वको टोलीले का,रबाहीका लागि ध्यानाकर्षण गराएको हो ।
एमाले स्थायी कमिटी बैठकले १ भदौमा माधव नेपालसहित १४ जना सांसदहरुलाई पार्टीबाट नि,ष्कासन गर्ने निर्णय गरेको थियो । पार्टीले का,रबाही गरेको जानकारी एमालेले संसद सचिवालयमा गराइसकेको छ ।
एमालेले का,रबाही गरेको निवेदन पठाएपछि माधव नेपाल पक्षका सांसदहरुले यसअघि नै संसद सचिवालयमा का,रबाही नगर्न भन्दै निवेदन दिइसकेका छन् ।
एमालेले का,रबाही गरेका सांसदसहित नेताहरुले बिहीबार नै माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा नेकपा एमाले (समाजवादी) दार्ताका लागि निवेदन दिइसकेका छन्