मंगलबार ११ माघ २०७८

चितवनकि सबिना तामाङ्ग अहिले अस्पतालमा उपचार गराई रहेकी छिन । उनका श्रीमान बिनोद मगरले अस्पताल लिएर आएको भएता पनि श्रीमान पैसा लिएर आउछुभनी फरार भए पछि अहिले उनी उपचारको पैसा तिर्न नसकेर अस्पताल मै रहेकी छिन । सबिना र श्रीमान बिनोद दुबैले सल्लाहमा गर्भ पतन गराएको सबिना बताउँछिन ।औषधि खाएर गर्भ पतन गराए पछि पठेघरमा समस्या भएर अस्पताल आएको उनको भनाई छ ।

गर्भ पतन गराए पछि अहिले पाठेघर पाक्ने, फोहोर जम्मा हुने समस्या भए पछि त्यसैको उपचारका लागि श्रीमानले नै एक हप्ता अघि अस्पताल ल्याएको उनले बताईन ।अवस्था जटिल बने पछि केही दिन आईसियु मा पनि बस्नु परेको उनको भनाई थियो । अहिले त्यो सबैको खर्च करिव ५०/६० हजार भन्दा धेरै अस्पताललाई तिर्न बाकी रहेको सबिनाले बताईन ।
श्रीमान भने अस्पताल ल्याएर पैसा लिन भनी गएको तर अहिले सम्पर्क बिहिन भएको सबिनाको भनाई छ ।

सबिनाकि दुई वर्षीय छोरी पनि रहेकी छिन । सबिनाले १८ बर्षको उमेरमा बिनोदसगँ बिहे गरेकि थिइन । सबिना र बिनोदको घरमा पनि प्राय झगडा हुने गरेको सबिनाकी बहिनी रबिनाले बताईन ।
अहिले अस्पतालमा रबिनाले नै दिदिको स्याहार गर्दै आएकी छिन । बहिनी रबिनाका अनुसार विनोद केही काम नगर्ने, झाड रक्सी खाने बस्ने गर्थे ।
सबिनाले नै मजदुरी गरेर घरपरिवार चलाउदै आएको उनि बताउछिन । विनोद को घरपरिवारले पनि सबिनालाई नराम्रो व्यबहार गरेको बहिनी बताउछिन ।

दोस्रो सन्तान गर्भमा आए पछि सबिना र विनोदले सरसल्लाह गरेर नै गर्भ पतन गराएको उनले बताईन । सबिनाको स्वास्थ्य अवस्था कम्जोर भएसी आई .सी.यु
मा राख्नु परेकोले पैसा लिन जान्छु भनेर बिनोद हिडेको उनको भनाई छ । बिनोद हिडे पछि आफुले सम्पर्क गर्न खोज्दा केही दिन सम्पर्क नभएको उनले बताईन ।केही दिन पछि सम्पर्क भए पनी पैसा खोज्दै छु टारेको उनको भनाई छ । त्यस पछि भने फेरि बिनोद सम्पर्क बिहिन भएको रबिनाले बताएकी छिन ।


Last Updated on: January 6th, 2022 at 3:43 pm
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया