मंगलबार ११ माघ २०७८

केही दिन अघि मात्र पोखरा महानगरपालिका ५ को जिरो किलोमीटरमा रहेको पामे चापाकोट सुनचाँदी पसलबाट एक जना महिलाले सुन चोरेर फरार भएकी थिइन् । उनले त्यहा सुन चोरेर बशिर निस्किए पछि हतारमा कुदेको दृश्य पसलमस भएको सिसि क्यामेराले देखाएको थियो । छोरा सुन लिन बहिर गएको बेला बृद्ध बुवालाई त्यो देखाउनु यो देखाउनु भन्दै मिठा मिठा कुरा गरेर सुन लिएर फरार भएको सुन पसलका वृद्धले बताएका थिए । एकछिन पछि आउछु भन्दै सुनको सिक्री लिएर महिला फरार भएकी थिइन् ।

त्यसरी सुन चोरी गरेर फरार भएकी महिलाको चोरी गर्दै गरेको रेकर्ड सिसि क्यामेरामा देखिए पछि उनको फोटो र भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो । यसै बिच ३०/३५ वर्षकि जस्ति देखिने ती महिला अहिले सम्पर्कमा आएकी छिन । सुन पसलेलाई फोन सम्पर्क गरि आफुलाई कतै पनि भाइरल नबनाईदिनु भन्दै उनले चोरी गरेको एक तोला बराबरको सुनको सिक्री अहिले फिर्ता समेत गरेको सुन पसलका संचालक केशवले बताएका छन ।

३०/३५ वर्ष कि जस्ती देखिएकी ती युवती २१ वर्षीय रहेको खुलेको छ । उनी बि.बि.ए.स प्रथम वर्षमा पढ्दै आएको बुझिएको छ । उनले सुन पसल संचालक केशवलाई फोन गरेर सामाजिक संजालमा राखिएको फोटो तथा भिडियो हटाईदिन आग्रह गरेको सुनिन्छ । केशवले पनि आफुले फोटो पोस्ट नगरेको भन्दै आफुले सकेको सहयोग गर्ने बताए पछि उनले आफुले उक्त सिक्रीको पैसा दिने फोनमा बताएकी थिइन । आफू सिक्री किन्न कै लागि भएर गएको र त्यहा पुगेर के सोच आएर त्यसो गरेको भन्ने आफुलाई नै थाहा नभएको उनले बताईन ।

आफू अहिले पोखरामा नभएको भन्दै आफुले त्यो बेला के सोच आएर त्यसो गरे भन्ने कुराले आफैलाई पछुतो लागेकोले आफुले फोन गरि सम्पर्कमा आएको उनको भनाई छ । आफ्नो सामाजिक संजालमा हालिएको सबै फोटो भिडियो पनि हटाउन उनले आग्रह गरेकी छिन । पोखराका अन्य सुन पसलबाट पनि कहिलेकाही चोरी भएका घटनाहरु भएको आफुले सुनेको केशवले बताएका छन । तरव्ती युवतिले आफुले कहिल्यै यस्तो नगरेको र अब पनि नगर्ने बताईन ।

आफू कलेज पढ्दै गरेको र चोरी गर्दै हिड्ने भएको भए यसरी सम्पर्कमा न आउने पनि बताएर आफुबाट नजानेर गल्ती भएको उनले बताएकी छिन । आफ्नो पसलबाट चोरी भएको कुरा बाहिर आए पछि अन्य पसलबाट पनि ती चोरी गर्ने युवतिकै जस्तो हुलिया भएकी महिला बाट आफ्नो पसलबाट पनि चोरी भएको भनी आफुलाई बताएको केशवले बताए । ती महिला नै हुन या अरु कोहि हुन त्यसरी चोरी गर्ने भन्ने आफुलाई थाहा नभएको केशबको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: January 6th, 2022 at 5:21 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया