शुक्रबार ०८ आश्विन २०७८

नेकपा एमालेलाई विभाजन गराएरै भए पनी मन्त्री खान खुट्टा उलालेर बस्ने मध्येकी एक हुन् सांसद रामकुमारी झाँक्री । मन्त्री खान सारीमा आइरन लगाएर बसे पनि उनले सोचेजती सजिलो सँग मन्त्री खान भने नपाउँने स्थिति देखिएको छ ।

सरकारले एमाले फुटाउन अध्यादेश ल्याउँने तयारी गरेपछि नेकपा एमालले पनि त्यसको काउन्टर रणनिती तयार पारेको छ । एमाले बाट समानुपातिक सांसद खाने अनि पार्टी फुटाएर देउवाको मन्त्री खान ठिक्क परेका रामकुमारी झाँक्री सहितको हरिविजोग बनाउने गरि एमालेले तयारी गरेको छ।

नेकपा एमालेले मुकुन्द न्यौपाने र रामकुमार झाँक्रीसहितको ११ सांसदमाथि कारबाही गर्ने तयारी गरेको छ । राजनीतिक अ, प, राधमा सं, लग्न भएको अ, भियोगमा एमालेले समानुपातिक सूचीमा रहेका ११ सांसद हटाएर नयाँ ल्याउने तयारी गरेको छ । त्यसैका लागि एमालेले संसदीय दलको बैठक समेत बोलाएको छ ।

यसअघि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा २२ जना सांसदले पार्टी ह्वीप उलंघन गर्दै फ्लोरक्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा संसदमा हस्ताक्षर गरेर विश्वासको मत दिएका थिए । उनीहरू निरन्तर एमालेबिरोधी गतिबिधिमा लाग्दै आएका छन ।

एमालेले सांसद पदबाट हटाउन लागेकाहरूमा मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, पार्वती विशुंखे, कल्याणी खड्का, समिना हुसेन, विना बुढाथोकी, निरादेवी जैरू, कलिला खातुन, लक्ष्मी चौधरी, पुष्पा कर्ण र सरला यादव । उनीहरू सबै समानुपातिक सूचीमा सांसद भएका व्यक्ति हुन ।


Last Updated on: August 19th, 2021 at 1:10 pm
३९० पटक हेरिएको

तपाईको प्रतिक्रिया