मंगलबार ११ माघ २०७८

पाचँथर जिल्लाको फिदिमका डिल्ली बहादुर मुखिया र सिर्जना लिम्बु अहिले सामाजिक संजाल टिकटकमा निकै चर्चामा छन । ३/४ दिन अघि मात्र बिबाह गरेका उनिहरु केही दिन भित्रमा नै टिकटकमा निकै भाइरल भएका जोडि हुन । उनिहरु यसरी भाइरल हुनुको कारण भने उनिहरुको बिबाह हो । डिल्लीबहादुरले आफ्नी नातिनिको उमेरकी सिर्जनासगँ माया प्रेम पछि बिबाह गरेकाले अहिले उनिहरु निकै चर्चामा छन ।

डिल्ली बहादुर र सिर्जना दुबैको यो दोश्रो बिबाह हो । सिर्जनाको भने यस अघिको श्रीमानबाट भएको एक बच्चा पनि रहेको छ । डिल्लीबहादुर आफुले पहिले पनि आफुले आफू भन्दा २० वर्ष जेठी श्रीमती बिबाह गरेको बताए । त्यो बेला आफुलाई कसैले केही नभनेको तर अहिले ३३ वर्ष कान्छी केटि बिबाह गर्दा भने नकारात्मक टिप्पणी गर्ने गरेको बताए । आफ्नो जेठी श्रीमतिबाट दुई छोरी भएको र उनिहरुको पनि मृ’त्यु भै सकेको डिल्लीबहादुरले बताए ।

आफुले जेठी श्रीमती पनि पहिले बिबाहितलाई नै बिबाह गरेको उनले बताए । उस्को पनि श्रीमान नभएकोले आफुले २० वर्ष जेठि बिबाह गरेको उनको भनाई छ । श्रीमती र छोरिहरु एक एक वर्षको फरकमा मृ’त्यु भएकोले त्यो बेला आफू धेरै पि’डा भोगेर अहिलेको स्थितिसम्म आइपुगेको डिल्लीबहादुरले बताएका छन । पहिलेकी श्रीमती आफ्नो नातामा सोल्टिनी पर्ने र उहाको पनि श्रीमान नभए पछि माया लागेर आफुले साथ दिने भन्दै आफू भन्दा जेठी भएता पनि बिबश गरेको उनको भनाई छ ।

अहिले आफुले सिर्जनासगँ कुनै रहर भएर बिबाह नगरेको पनि उनको भनाई छ । आफू पहिले कै श्रीमती र छोराछोरीको यादमा धेरै दुख भोगेको डिल्लीबहादुरले बताए । एक्लो हुदाँ अझ धेरै पीडा हुने उनको भनाई छ । आफुले जबर्जस्ति सिर्जनासगँ बिबाह गरेको नभएर सिर्जना पनि एक्लो भएकोले आफुहरुको मन मिलेर नै एक अर्कालाई साथ दिने मन भएर बिबाह गरेको डिल्लीबहादुरले बताएका छन । कसैले आफुहरुको बारेमा नकारात्मक टिप्पणी गर्नु पर्ने कारण नभएको उनले बताए ।

पहिले आफ्नो पीडा पनि बुझ्नु पर्ने उनको भनाई छ । तर धेरैले बूढो भएर यति भर्खरकीलाई बिबाह गरेको भनी धेरैले नराम्रो भन्दा आफुलाई पनि नराम्रो लाग्ने गरेको उनी बताउँछन । आफुले कुनै गल्ती नगरेको भन्दै सिर्जनालाई आफुले धेरै माया दिएर सकेको सुख दिने उनको भनाई छ । सिर्जनाले पनि पहिले बिबश गरेर एक्लो भएको हुनाले उनलाई पनि साथ दिने मान्छेको खाचोँ भएको भन्दै आफू सधै खुशी साथ सिर्जनासगँ जीवन बिताउने उनको भनाई छ । (भिडियो हेर्नुस)


Last Updated on: January 8th, 2022 at 1:29 pm
९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया