मंगलबार ११ माघ २०७८

काठमाण्डौको कलङ्कीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

गएराति सवा २ बजे कलङ्कीको सब वे मा प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलमा पछाडि सवार धादिङ घर भइ काठमाण्डौको नैकाप बस्ने २७ वर्षकी सोफिया श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

दुर्घटनामा घाइते भएका मोटरसाइकलका चालक गोरखाका ३१ वर्षका रामशरण ढकालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।चालक ढकालले जाँड रक्सी खाएर मोटरसाइकल चलाएको प्रहरीले जनाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

 


Last Updated on: January 8th, 2022 at 4:57 pm
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया