सोमबार ११ आश्विन २०७८

कैलाली; कञ्चनपुरसंग जोडिएको गौरीफन्टा नाकामा फेरि एक जनाको मृ,त्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर २ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।

बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसंग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बे,होस् भनेर ढ,लेपछि उनको मृ,त्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए ।नाकामै ढ,लेर बे,होस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि चिक्सिकले मृ,त घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।


Last Updated on: August 19th, 2021 at 3:28 pm
५२० पटक हेरिएको

तपाईको प्रतिक्रिया