मंगलबार ११ माघ २०७८

तनहुँ, २५ पुस । तनहुँमा आइतबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।पृथ्वी राजमार्गमा पर्ने व्यास नगरपालिका(१ तालघरेमा बिहान ३ बजे जिप दुर्घटना हुँदा म्याग्दे गाउँपालिका(६ का ५३ वर्षीय हरिबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले बताए ।

उनका अनुसार दमौलीबाट घासीकुँवातर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिएको थियो । दुर्घटनामा घाइते थापालाई उपचारका लागि दमौली अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

‘जिपले च्यापिएको अवस्थामा प्रहरीको टोली र स्थानीय मिलेर उद्धार गरेर दमौली अस्पताल ल्याएका थियौँ । अस्पतालले मृत घोषणा गरिदियो । मृतकको टाउकोमा गम्भीर चोट लागेको देखिन्छ’, उनले भने । प्रहरीका अनुसार रित्तो जिपमा चालक मात्रै सवार थिए । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।


Last Updated on: January 9th, 2022 at 3:51 pm
३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया