शनिबार १५ माघ २०७८

काठमाडौँ- काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा२ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आउनुभएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मोटरसाइकलको पछाडि सवार हुनुहुन्थ्यो।

ठक्करबाट सख्त घाइते उहाँको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोवीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता ललितपुर महानगरपालिका–४ जवलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०÷४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।


Last Updated on: January 9th, 2022 at 5:02 pm
२३ पटक हेरिएको

तपाईको प्रतिक्रिया