बिहिबार ३१ भाद्र २०७८

नेपाली सेनाले काठमाडौंमा बख्तरबन्द गाडी निकाल्ने भएको छ । बाहिटी ब्यारेक सितापाइलाले सडकमा बख्तरबन्द गाडी अभ्यास गराउने भएको हो।काठमाडौंको सितापाइलामा तैनाथ गणले बख्तरबन्द गाडी गुडाउने मिति र रुट सार्वजनिक गरेको छ । गणले भदौ महिनादेखि चैतसम्म बख्तरबन्द गाडी गुडाउने भएको हो । भदौ १४, असोज ११, कात्तिक १५, मंसिर १३, पुस १२, माघ १०, फागुन २३ र चैत १४ गतेसम्म काठमाडौंमा बख्तरबन्द गाडी गुडाउनेछ।यस्तै धनगढीको बोराडाँडी ब्यारेकले पनि गाडी गुडाउनेछ। यस ब्यारेकले आज नै बख्तरबन्दको अभ्यास गराउने बतायएको छ । यस्तै इटहरीको ब्यारेकले पनि भदौ १८, २५ र ३२ बख्तरबन्दका गाडी गुडाउने भएको छ।सूचना अनुसार सेनाका ब’ख्तरबन्द गाडी सुनसरी र माेरङका सडकमा समेत गु’ड्ने छन् । सुनसरीकाे इटहरी, भुम्का चोक, ईनरुवा, भण्टावारी खनार, दु’हवीमा ब’ख्तरबन्द गाडीले अभ्यास गर्ने छन् । त्यस्तै माेरङकाे बिराटनगर समेत अभ्यास हुने सेनाले बताएकाे छ ।


Last Updated on: August 19th, 2021 at 5:21 pm
३६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया