शनिबार १५ माघ २०७८

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पौष २७ गते सार्वजनिक बिदा दिन माग गरेको छ। राप्रपाले २७ पुसमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सार्वजनिक बिदा दिन माग गरेको हो।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

उक्त दिनलाई पर्वको रूपमा मनाउन पनि राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गरी ज्ञापनपत्र बुझाएको नेता मोहन श्रेष्ठले जानकारी दिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो पनि, माओवादीका तीन आयोगको प्रमुख छानिए – नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र हलमा प्रस्तुत गर्नुभएको थियो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका शीर्ष नेताको उपस्थितिमा अध्यक्ष मण्डलका सदस्य शाहले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यको नाम प्रस्तुत गर्नुभएको हो । अध्यक्ष मण्डलका तर्फबाट प्रस्तुत भएका ती आयोगका प्रमुख र सदस्यको नाम ध्वनीमतका आधारमा स्वीकृत भएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

निर्वाचनमा विष्णुपुकार श्रेष्ठलाई निरन्तरता दिइएको छ । अनुशासनमा टङ्क राई र लेखा आयोगका पेशल खतिवडाको नाम अनुमोदन गरिएको छ । तीनवटै आयोगमा २५÷२५ सदस्यीय रहने माओवादीको विधानमा व्यवस्था छ । आयोगका सदस्यलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ । आजको बन्दसत्रले आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । हाल बन्दसत्रको कार्यक्रम जारी छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****


Last Updated on: January 10th, 2022 at 2:22 pm
३६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया