मंगलबार ११ माघ २०७८

काठमाडौंका मिनभवन र बिजुलीबजारमा भएका सवारी दुxर्घxटxनाxमा दुई जनाको मृxत्यु भएको छ ।

मिनभवनमा बागमती प्रदेश ०२-०३१ प ७५६२ नम्बरको मोटरसाइकलले आइतबार साँझ साढे ६ बजे ठक्कर दिंदा रामेछापका ६३ वर्षीय जीवनाथ गौतमको मृत्यु भएको छ ।उनको उपचारको क्रममा सिभिल अस्पतालमा मृxत्यु भएको प्रहरीले जनाएको छ । गौतमलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

यसैगरी बिजुलीबजारमा गएराति साढे ११ बजे नम्बर नखुलेको टिपरले ठक्कर दिंदा कालीकोटको पचालझरना घर भई भक्तपुरको व्यासी बस्दै आएका विपिन विकको मृxत्यु भएको छ ।

बिजुलीबजारमा रहेको मायालु रोधीघरमा साथीहरुसँग मदिरा पिएर झगडा गरी भाग्ने क्रममा विपिनमा सडकमा निस्किएका थिए । त्यहीबेला विपिनलाई टिपरले ठक्कर दिएको र सिभिल अस्पतालमा उपचारको क्रममा राति नै मृxत्यु भएको महानगरीय प्रहरी वृत नयाँबानेश्वरले जनाएको छ ।ठक्कर दिने टिपरको नम्बर नखुलेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।


Last Updated on: January 10th, 2022 at 5:24 pm
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया