सोमबार ११ आश्विन २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभाका दुई जना सांसदले नेता माधव कुमार नेपालको साथ छोडेका छन् ।

लुम्बिनी प्रदेश सांसदद्वय विष्णु पन्थी र रमा घर्तीले नेता नेपालको साथ छोडेका हुन् । नेपालले एमाले विभाजन गरेर अर्को पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएपछि सांसदद्वय पन्थी र घर्तीले आफूहरू एमालेमै रहेको बताएका छन् ।

‘हाम्रा केही असहमति छन् । ती असहमतिलाई हामीले पार्टीभित्रै राख्छौँ,’ सांसद विष्णु पन्थीले शिलापत्रसँग भने, ‘म पार्टी विभाजनको पक्षमा छैन ।’

नेपालनिकट पन्थी र घर्ती शंकर पोखरेल मुख्यमन्त्री हुँदा खुलेका थिएनन् । तर, एक साताअघि नेपाल पक्षको रूपन्देही जिल्ला भेलामा भने सांसद पन्थी उपस्थित भएका थिए । नेपालकै कोटामा टिकट पाएर पन्थी कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यस्तै, पाल्पाबाट समानुपातिक सांसद बनेकी घर्तीले आफू एमालेमै रहने बताइन् ।


Last Updated on: August 19th, 2021 at 6:17 pm
३३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया