
काठमाडौं । माधवकुमार नेपाल शक्तिमा रहँदासम्म धेरै नेताहरूले अवसर पाए । मन्त्री बने, पदहरू पाए । तर, नेपाललाई आवश्यक पर्दा ती अवसरपाएका नेताहरूले अन्तिममा साथ छाडेर भागेका छन् ।
यसरी भाग्नेमा सबैभन्दा धेरै अवसर पाउनेहरू नै छन् । नेपाललाई रामकुमारी झाक्रीसहितका नेताहरूले साथ दिएका छन् । झाँक्रीले नेता नेपालको हात समातेर निर्वाचिन आयोगतिर लैजाँदै गरेको तस्विरहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
महिला भएर पनि नेतृ झाँक्रीले अवसरवादी चरित्र देखाइनन् । समस्य र परिवेश रह्यो भने झाक्रीको राजनीतिक उचाइँ बढ्नेछ । झाक्रीलाई युवाहरूले रुचाउँछन् । उनले कुनै दिन पुरुष नेताले भन्दा राम्रो काम गर्नेछिन् ।
सबैभन्दा शक्तिशाली अर्थ हो, युवाहरूले वृद्ध नेता घिसार्ने कि वृद्ध नेताको टाँगमुनी टाउको लुकाउने ? भन्ने प्रश्नहरू उठेका छन् ।
घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम रावल, युवराज ज्ञावली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, रघुजी पन्त, भीम आचार्य, विष्णु रिजाल लगायतका नेताहरूको अवसरवादी झुण्डले माधव नेपाललाई छाडेपनि झाक्री जस्ता नेताहरूले साथ दिएका छन् ।
शक्तिशाली होउञ्जेल नेपाल कै चाकरी बजाएर खाए । अहिले एकताको नाटक गरेर अस्ष्टलक्ष्मी शाक्य जस्तै मुख्यमन्त्री खाने दाउँमा छन् । यीभन्दा त रामकुमारी झाक्री कता हो कता बेस छिन् ।
नेपालले नेतृत्व गरेको नेकपा (एमाले) समाजवादीले युवाहरूलाई अवसर दिनुपर्नेछ । चुनौती धेरै छन् । ती चुनौतीलाई सामना गर्न एमाले समाजवादी सफल हुनेछ । समय र परिवेश परिवर्तन भएको छ ।
खड्गप्रसाद ओलीले नेपाल समूहलाई पार्टी विभाजन गर्न बाध्य बनाएको हो । एमाले विभाजनको दोषी ओली छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****