मंगलबार ११ माघ २०७८

बिबाह गरेको ७ वर्ष भैसक्यो,एकले अर्कालाई देखेका छैनन्(भिडियो हेर्नुहोस्)

बाटोमा बसेर मिठो गित गाउदैँ आएका विष्णु नेपाली र दिपा नेपाली दुबै दृष्टिविहीन छ्न । ७ वर्ष अघि उनिहरुले बिबाह गरेका हुन । बिबाह गरेको ७ वर्ष हुदा पनि उनिहरुले एक अर्कालाई देख्न भने पाएका छैनन । तर पनि आफुहरुको माया भने धेरै भएको उनिहरु बताउँछन । अहिले दिपा ३३ वर्षकि छिन भने बिष्णु २९ वर्षका भए । दिपा र बिष्णु दुबै जना आँखा नदेख्ने भए पनि उनिहरु स्वर भने निकै राम्रो छ । उनिहरु सडकमा बसेर आधुनिक तथा लोक गितहरु गाएर आफ्नो दैनिकी चलाउदै आएको उनिहरुले बताएका छ्न ।

प्राय जसो आफुहरु आफ्नै जिवनमा मेल खाने गितहरु बनाएर गाउने गरेको दिपाले बताएकी छिन् । दिपा र विष्णुले गित मार्फत नै आफ्नो कथा अरुलाई सुनाउने गरेका छन । विशेषत अपाङ्गहरुसगँ मिल्ने जुल्लने गित आफ्नै मौलिक शब्दमा गाउने गरेको विष्णुको भनाइ छ । उनिहरुको घरमा आमा, बुवा, बहिनी आफूहरु २ जना रहेको बिष्णुले बताएका छन् । तर आफुहरु अहिले फल्टै अर्को एउटा सानो घर भएको र त्यसैमा बस्दै आएको उनिहरुले बताएका छन ।

आफुहरु दुबै जनाले मिलेर खाना पकाउने गरेको विष्णुले बताउँछन । आफुहरु अहिले बसिरहेको स्थानामा समयमा सवारी साधन नपाउने हुनाले निकै गार्‍हो हुने गरेको उनिहरु बताउँछन । आफुहरुको दैनिकी नै सडकमा गित गाएर चल्ने हुदाँ घरबाट बाहिर जादाँ समयमा बस नपाउने उनिहरुको भनाई छ । करिव आधा घन्टा पैदल हिडेपछि मात्र गाडी लाग्ने ठाउँमा पुगिने हुनाले आफुहरुलाई केही समस्या भएको उनिहरुले बताए । आँखा नदेख्नु सगँसगै अहिले अन्य ३/४ वटा रोगले पनि सताए पछि आफुहरुलाई अझ गाह्रो भएको दिपाले बताइन् । आफुहरु दुबैको जन्मिदा देखि नै आँखा नदेख्ने भएको उनिहरुले बताएका छन ।

अन्य काम गर्न नसक्ने भए पछि बाटोमा गीत गाएर बस्नु पर्ने उनिहरु बताउँछन । अहिले आफुहरुले दैनिक ८/९ सय गित गाएर कमाउने गरेको दिपाले बताईन । ७ वर्ष अघि पढ्न जादा दिपा सँग भेट भएको विष्णुले बताएका छन् । परिक्षा दिने हलमा दिपाको आवाज सुनेपछि आफुलाई मन परेको विष्णुले बताए । आफुलाई माया गर्ने तिहारमा टीका लगाइदिने एकजना दिदिलाई यो केटि सँग बिहे गर्ने पाए जिन्दगीमा केही गर्ने सकिन्थ्यो कि भनेर आफुले दिदिलाई भनेको विष्णुले बताएका छन् ।

आफुले दिदिलाई कुरा राखे पछि तिनै दिदिले आफुहरुको कुरा मिलाइ दिनुभएको बिष्णु बताउँछन । दिदी मार्फत कुरा हुँदै गए पछि आफुले दिपालाई बिबाहको प्रस्ताव राखेको बिष्णु बताउँछन । तर त्यो बेला दिपाले रोगीआफु भएकोले बिबाह नगत्ने बताएको विष्णु सुनाउँछन । आफुले अब दुबै मिलेर बसौं, रोग बिनाको मान्छे कोहि नहुने भने पछि दिपाले पनि सहमती जनाएको उनले बताए । दुबैको सहमतिमा आफुहरुले मागेर बिहे गरेको विष्णुको भनाई छ । आमा रोगी भएकोले आफू गर्भमा भएको बेला औषधि धेरै प्रयोग गरेकोले आफू यस्तो भएको दिपाको भनाइ छ ।(भिडियो हेर्नुस )


Last Updated on: January 11th, 2022 at 2:43 pm
१२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया