मंगलबार ११ माघ २०७८

नयाँ दिल्ली । कट्रिना कैफ बलिउडकी चर्चित अभिनेत्री हुन् । भर्खरै उनले विक्की कौशलसँग विवाह गरेकी छिन् ।

दुबैले आफ्नो पहिलो महिनाको उत्सव मनाए । यसै क्रममा कैफका केही पुराना भिडियोहरू पनि सामाजिक सञ्जालमा चर्को रूपमा सेयर भइरहेका छन्।

जसमा फ्यानहरुको विशेष प्रतिक्रिया देखिएको छ । यो भिडियोमा कट्रिना आफ्नो घरका भाँडाकुँडा धुदै गरेको देख्न सकिन्छ ।

यति मात्र होइन, यसअघि पनि नायिकाको स्वीपिङको भिडियो सार्वजनिक भएको थियो ।

कट्रिना भान्साकोठामा भाँडा माझ्दै छिन्
कट्रिनाको एउटा भिडियोले इन्टरनेटमा तहल्का मच्यायो । यो भिडियोमा कट्रिना कैफ भान्साकोठामा भाँडा धुँदै गरेको देख्न सकिन्छ । त्यसपछि फ्यानहरुको विशेष प्रतिक्रिया आइरहेको छ ।

भाउजु यो पुरानो भिडियो हो तर अझै घरको काम के गर्नुहुन्छ ? उता अर्का फ्यानले चिन्ता व्यक्त गर्दै भने– भाउजु किन एक्लै, कहाँ छौ ?

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।


Last Updated on: January 12th, 2022 at 11:14 am
६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया