शनिबार १५ माघ २०७८

बाँके, पुस २८ । नाकामा रहेको हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएका छन् । भारतबाट आएका नेपालीको कोरोना परीक्षण गर्दा गर्दै पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् । संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा पठाइएको छ ।

नाकामा अरू स्वास्थ्यकर्मीले परीक्षण गरिरहेका छन् । नाकामा जनशक्ति अभाव हुन नदिन पालिकाहरूमा रहेका ल्याब टेक्निसियनलाई नाकाका पठाउने निर्णय भएको छ ।नेपालगञ्ज नाकामा भारतबाट आएका व्यक्तिमा कोरोना देखा परिरहेको छ । भारतका विभिन्न शहरबाट आएका ठूलो संख्याका मानिसलाई भीडकै बीचमा कोरोना परीक्षण गर्ने गरिन्छ । भीड व्यवस्थित नहुँदा नै स्वास्थ्यकर्मीसमेत संक्रमित भएका छन् ।

नेपालगञ्ज नाकामा मंगलबार मात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । भारतमा ओमिक्रोनको संक्रमण बढ्दा त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । पुष्टि भएका सबैमा ओमिक्रोन देखिएको हो ।

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।


Last Updated on: January 12th, 2022 at 12:40 pm
६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया