मंगलबार ११ माघ २०७८

बहराइन गएका रत्गैयाँको त्यहाँ गएको डेढ महिनामै पुस २३ गते नि’धन भएको पारिवारिक श्रोतले जनाएको छ। अकस्मात काम गर्दागर्दै ढलेपछि उनीलाई अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृcत्यु भएको उनका दाजु अमितले बताए। उनका श’व एक हप्तापछि नेपाल ल्याइने बताइएको छ।

यो पनि :[][]

काठमाण्डौ उपत्यकामा बढ्दै गएको कोभिडका कारण स्मार्ट लकडाउन वारे निर्णय गर्न अहिले उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको छलफल सुरु भएको छ ।

कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि स्मार्ट लकडाउन गर्नुपर्ने अवस्थामा प्रशासन पुगेको हो । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन् ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने भएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेकाले आवश्यक निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको हो ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट लकडाउन गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोही बमोजिम उपत्यकाका सिडिओहरु छलफलमा जुटेका छन् ।

‘हामीले पाएसम्मको अधिकार प्रयोग गर्छौं । सोही विषयमा छलफल हुन्छ । स्मार्ट लकडाउनलगायतका विषयमा छलफल भएको छ ’ सिडिओ शर्माले भनिन् ।

पछिल्लो समय काठमाण्डौ उपत्यकामा ओमिक्रोनको संक्रमण बढिरहेकाले अस्पतालहरुलाई तयारी अवस्थामा राख्न र सम्भावित भीडभाडलाई कम गर्नका लागि उपत्यकाका सिडिओहरु आन्तरिक छलफलमा जुटेका हुन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूले जिल्लामा सम्भावित भीडभाड कम गर्ने विषयमा बैठक बस्न लागेका हुन् ।

भक्तपुरकी सिडिओ रुद्रादेवी शर्माले सम्भावित जोखिमलाई कम गर्न र अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने विषयमा छलफल गर्न बकैठक बस्न लागेको जानकारी दिइन् ।

‘जिल्लाले गर्नसक्ने निर्णयहरु आजको बैठकबाट गर्छौं । स्वास्थ्य मापदण्डमा कडाइ गर्ने, सकारी अस्पतालहरुलाई तयारी अवस्थामा राख्नेलगायतका विषयमा आज हामी जिल्लामा छलफल गर्छौं । त्यसपछि सकेसम्म आजै वा भोलिसम्ममा संयुक्त बैठक बस्छौं,’ सिडिओ शर्माले भनिन् ।

साथै उनले खो प कार्यक्रममलाई अझै बढाउँदै लैजाने पनि बताइन् । सिडिओ शर्माले १८ वर्ष उमेरभन्दा माथिका नागरिकहरुलाई खो प लगाउने बताएकी हुन् । अहिले १२ देखि १८ सम्मका बालबालिकाहरुलाई खो प लगाइरहेका छौं । केहीदिनपछि १८ वर्षभन्दा माथिका नागरिकहरुलाई खो प लगाउने क्रम सुरु हुन्छ । हामीले भीडभाड हुने क्षेत्रमा कडाई गर्ने तयारी गरेका छौ,’ शर्माले भनिन् ।

यता ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले ओमिक्रोनको संक्रमण बढिरहेकाले थप कडाई गरिने जानकारी दिए । उनकाअनुसार यस विषयमा छलफल गर्न आज दउँसो साढे २ बजे बैठक बोलाएको छ । कोभिडको संक्रमणको ग्राफ बढ्दै गएको बताउँदै उनले मानिसहरुको चहलपहललाई घटाउनुपर्ने महसुस गरिएको बताए ।

उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक रुपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाएका छौं, सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिएको छ । काठमाण्डौका सिडिओ गोविन्द प्रसाद रिजालले भीडभाडयुक्त क्षेत्रलाई कम गर्दै तीन जिल्लाको संयुक्त बैठक बस्ने तयारी भइरहेको जानकारी दिए ।

‘हामी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को निर्णय कुरिरहेका छौं । एकदुई दिनभित्र काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख ज्ल्लिा अधिकारीसहितको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिन्छौं । प्रशासनको हकमा आन्तरिक बैठक बसेर लकडाउन अगाडि भीडभाड कम गर्ने निर्णय हुन्छ,’ उनले भने ।

गत शुक्रबार प्रधानमन्त्री कार्यालयमा सीसीएमसी निर्देशक समितिको बैठक बसेको थियो । बैठकमा सीमा नाकामा परीक्षणपछि संक्रमण पुष्टि भएका नागरिकलाई आइसोलसनको व्यवस्था गर्ने, खाने तथा बस्ने सुविधाको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको थियो ।

बैठकमा पूर्ण मात्रा खो प लगाएकालाई बुष्टर डोजको व्यवस्था गर्ने विषयमा पनि भएको थियो । खो प व्यवस्थापनको प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। संक्रमणदर बढेमा चाँडै अर्को बैठकबाट स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको छ ।[][]

 


Last Updated on: January 12th, 2022 at 12:56 pm
११ पटक हेरिएको

तपाईको प्रतिक्रिया