सोमबार ०३ माघ २०७८

उदयपुर । उदयपुरमा मृगौला पी डित एक युवकलाई उपचारका लागि आर्थिक अभाव भएपछि परिवारजनले सहयोग याचना गरेका छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ५ घर भएका क्षेत्रबहादुर थापामगरको स्वास्थ्य उपचारका लागि परिवारजनबाट आर्थिक सहयोगको आग्रह गरिएको हो ।

स्थानीय हिरालाल थापामगरको छोरा २८ वर्षीय क्षेत्रबहादुरको दुवै मृगौला ख राब भइसकेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । हाल सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचाररत उनको स्वास्थ्य सुधारका लागि लाग्ने खर्च अ भाव भएकाले सहयोगी मनहरु गुहार्नुपरेको बिरामीका भाई कवीर थापामगरले जानकारी दिए ।

आर्थिक स्थिती निकै क मजोर रहेका बिरामी थापामगरको उपचारका लागि रकम सहयोग गर्न चाहनेले लक्ष्मी बैंकको खाता नम्बर ०४६२००१९१४५ मार्फत जोडीन सक्ने बताइएको छ ।

बैंक खाता बिरामीका भाई कवीर थापामगरको नाममा खोलिएको छ । त्यस्तै उनलाई सहयोग गर्न चाहनेले व्यक्तिगत मोवाईल नम्बर ९८२५७१४३८७ मार्फत समेत सम्पर्क गर्न सकिने बताइएको छ ।

स्थानीयका अनुसार बिरामी क्षेत्रबहादुरको नाममा जग्गाजमिन समेत छैन । कमाई गरिखान जग्गा नहुँदा रोजगारीका लागि भारतको होटलमा काम गर्दै आएका थिए । सोही समय बिरामी परेपछि चेकजाँच गर्दा दुवै मृगौलाले काम गर्न छाडेको डाक्टरबाट जानकारी पाएका थिए ।

बिरामी भएर शैयामा सुतीरहेका क्षेत्रबहादुर आफ्नोभन्दा बढी ७ वर्षीय नाबालक छोराको भविष्यका लागि भएपनि आफू बाँच्नुपर्ने बताउछन् । ‘म जसरी भएपनि बाँच्नुर्छ जस्तो लाग्छ’ क्षेत्रबहादुरले भने, ‘म नरहे मेरो बाबुको हालत के होला ?’


Last Updated on: January 12th, 2022 at 4:16 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया