शनिबार ०७ जेठ २०७९

राजा-रंक सबै समान उसका वैशम्य गर्दैन त्यो

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो।

माघ १, काठमाडौं । विधाताले रचेको विधिको विधानलाई कसैले टार्न नसक्ने रहेछ, आउने र जाने तिथि र मितिको पनि यो दुनियाँमा कसैलाई पत्तो नहुने रहेछ, कतिखेर यो धर्तीमा पदार्पण गराउने र कतिखेर धर्तीबाट पुनः नभमै विलीन गराउने यसको हिसाबकिताब र समय तालिका मान्छेको वशमा वा मान्छेको हातमा नहुने रहेछ।

वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा शोभा खत्रीको निधन भएको छ। उनको आइतबार निधन भएको हो। थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी डेपुटी डाइरेक्टरका रुपमा जिम्मेवारी सम्हालेकी डा खत्री अवकासपछि घरमै थिइन्। उनी प्रसूति तथा स्त्रीरोग समाजकी सदस्य समेत थिइन्।

यस्तै, सडक दुर्घटनामा परी एक डाक्टरको मृत्युु भएको छ । नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी डेन्टल सर्जन डाक्टर शशांक पाण्डेको ज्यान गएको नुवाकोट प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार २६ वर्षीय पाण्डे विदुर–१ सिमुटार घर भई वट्टारस्थित सन्जिवनी पोलिक्लिनिकमा कार्यरत हुनुहुन्थ्यो। बिहीबार बिहान पाण्डे विदुर नगरपालिकास्थित ढुंगेमा दुर्घटनामा पर्नुभएको थियो। पाण्डेलाई स्थानीयले सडकमा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्धार गरी त्रिशुली अस्पताल पुर्‍याएको थियो। अस्पतालले मृत घोषणा गर्‍यो ।

पछि बुझ्दा डा.पाण्डे मोटरसाइकल दुर्घटनामा परेको पाएको प्रहरीको भनाइ छ । प्रहरी नायव उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयाे। शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा राखिएको उहाँले बताउनुभयो ।


Last Updated on: January 16th, 2022 at 4:19 pm
७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया