
उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नं १ तिप्लिङमा सडक खन्ने क्रममा गएको पहिरोमा बे प त्ताहरूमध्ये १ जनाको शव भेटिएको छ ।उक्त पहिरोमा अझै २ जना हराईरहेका छन् ।
खोजीका क्रममा आज अपरान्ह ४ बजे बे प त्ता भएका मध्ये एक जना बख्खु लगाएका व्यक्तिको शव भेटिएको धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो।
शव भेटिएका व्यक्तिको भने पहिचान भईनसकेको उहाँले बताउनुभयो ।बिहिबार तिप्लिङ्गको पुरु नजिकै लबदुङबाट लिङ्जोतर्फ जाने सडक खन्ने क्रममा झरेको पहिरोमा स्थानिय २५ वर्षिय अनिस तामाङ, काभ्रेका स्काभेटर चालक २७ वर्षिय आकाश तामाङ, र सहचालक २० वर्षिय राजु तामाङ बे प त्ता थिए।
बे प त्ताहरुको नेपाली सेना, शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी कार्य जारी राखेका छन् ।
काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।
प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।
प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।
स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।