शनिबार ०७ जेठ २०७९

प्यूठान-प्यूठानको स्वर्गद्धारी मन्दिर दर्शन गर्ने क्रममा एक जना भारतिय दर्शनार्थीको मृत्यु भएको छ । बिहिबार मन्दिर दर्शन गर्ने क्रममा एक्कासी बेहोस भई लडेर मृत्यु भएको जिल् ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।भारत बहराई उत्तर प्रदेश माधवपूर रगुनातका अन्दाजी ६०÷६५ बर्षका राम बहादुर साहत एक्कासी बेहास भएपछि जिल्ला अस्पताल कार्यालय प्यूठानमा मा लिएर चेकजाच गर्ने क्रममा साझ ६ः४५ बजे जिल्ला अस्पताल कार्यालय प्यूठानले मृत घोषणा गरेको थियो।

फेसबुकमा पछ्याउनुहोस्

मृतक राम बहादुरको सवलाई जिल्ला अस्पताल कार्यालय प्यूठानमा पोष्टमार्टम पछि शुक्रबार मृतकका छोरा ऋदेहस साहतले अन्तेष्टिको लागी भारत लगिसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक तथा सुचना अधिकारी देबि प्रसाद गैरेले जानकारी दिए ।

यो पनि पढ्नुहोस -जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले इनरुवा ३ महेन्द्र चोकबाट आज बिहानको ६ः३० बजेको समयमा प्रहरी टोलीले एक थान अटोमेटिक पेस्तोल, ७.६५ एम. एम. को ३ राउण्ड गोली र २ थान म्यागजिन बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला सुनसरी हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की बस्ने वर्ष ३१ को सवरेज मिया, सोही स्थान बस्ने वर्ष २५ को सिकन्दर मलाहा र वडा नम्बर ६ बस्ने २३ वर्षीय फरियाद अन्सारी रहेका छन् ।साथै निजहरूले प्रयोग गरेको को. १८ प ६२२५ र को. ६ प १०९ नम्बरको मोटरसाइकल समेत बरामद भएको छ ।पक्राउ परेका तीनै जना व्यक्तिहरू विरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप लिई आवश्यक कानूनी प्रक्रिया अघि बढाई थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।


Last Updated on: January 16th, 2022 at 5:01 pm
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया