शनिबार ०७ जेठ २०७९

मोटरसाइकल दुर्घटनामा परि कलाकार शोभाखर पन्थको निधन भएको छ । बुटवलको योगिकुटीदेखी मगरघाटतिर जांदै गर्दा सडक र बिद्युत बिस्तारका लागि खनिएको खाल्डोमा परेर उनको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गुल्मी छत्रकोट ३ निबासी शोभाखर पन्थ कलाक्षेत्रमा काम गर्दथे । उनी फोटोग्राफर समेत हुन् । उनले दर्जनाैँ गीत छायाँकन तथा अभिनय समेत गरेका छन् । उनी सवार लु७०प १३५३ मोटरसाइकल गएराती सो खाल्डोमा खसेको र बिहान मनिङ वाकमा हिड्ने स्थानीयले देखेपछि प्रहरीलाइ खबर गरेका थिए ।

उनलाइ आज बिहान प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको हो । उनी केहिसमयदेखि रुपन्देहीको सैनामैनामा बसोबास गर्दथे उनका १ श्रीमती र १ सन्तान छन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको ट्राफिक प्रहरी कार्यालय बुटवलले नागरिक अनलाइनलाइ जानकारी दिएको छ । समाचार नागरिक अनलाइन

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।

भित्रभित्रै ओलीनिकट व्यवसायी र नेताहरूमाथि भ्र ष्टाचारको मु द्दा लगाउने तयारी गरेका देउवाले मंगलवार सरकार संचालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेललाई ओलीनिवास बालकोट पठाएर राष्ट्रिय राजनीतिमा थप अवरोध सिर्जना गरे ‘राम्रो नहुने’ चेतावनीसमेत दिन लगाएका छन् ।


Last Updated on: January 16th, 2022 at 5:21 pm
३० पटक हेरिएको

तपाईको प्रतिक्रिया