शनिबार ०७ जेठ २०७९

शनिबार दिउँसो ट्रकको ठ क्करबाट रुपन्देहीको भैरहवामा बाबु छोराको मृत्यु भएको छ

। सिद्धार्थ राजमार्ग अन्तर्गत भैरहवाको बर्मेली टोलस्थित चोकमा मोटरसाइकललाई ट्रकले ठ क्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्गजाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गितानाथ खनाल र उनका १३ वर्षीय छोरा सुदिपको मृत्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना ३ ख ३८६० नम्बरको ट्रकले उनीहरु सवार ग ११ प ५४४४ नम्बरको मोटरसाइकललाई ठ क्कर दिएको जिल्ला प्रहरी कार्याय रुपन्देहीले जनाएको छ ।

दुर्घटनापछि घाइते भएका उनीहरुलाई यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा लगिएको थियो । अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको हो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नु

विराटनगर । मोरङको बूढीगंगा गाँउपालिका–५ का निश्चल रायको शङ्कास्पद मृत्यु प्रकरणको निष्पक्ष छानविन गर्न माग गर्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले शनिबार विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय अगाडि ह त्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।


Last Updated on: January 16th, 2022 at 5:47 pm
३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया