सोमबार ०४ आश्विन २०७८

छविसँग १० वर्ष सँगै बसेर जिन्दगीलाई नजिकबाट बुझेकी नायिका रेखा थापा आँफुभन्दा कान्छा यि ह्याण्डसमसँग छिन् प्रेममा

छविसँग १० वर्ष सँगै बसेर जिन्दगीलाई नजिकबाट बुझेकी नायिका रेखा थापा आँफुभन्दा कान्छा यि ह्याण्डसमसँग छिन् प्रेममा, अब उमेर पनि ढल्क्यो विबाह गर्नुपर्छ भन्दै काठमाडौँमा किनिन् करोड बढीको घर र गाडी, यस्तो छ विबाहको तयारी, हेर्नुहोस् भिडियो

अब सुत्केरी हुन १ हप्ता मात्र बाँकी रहेका बेला नायिका प्रियंका कार्कीलाई भेट्न लोकल कुखुराको मासु र प्रियंकाकी छोरीलाई १ झोला कपडा लिएर भेट्न गइन् पूर्व मिस नेपाल शृखला खतिवडा, प्रियंकाको टुटे फुटेको अँग्रेजी सुनेर शृखला हेरेको हेर्यो, दुवै धित मरुन्जेली हाँसे, हेर्नुहोस् भिडियो

ग्लोबल आइएमई बैंकको नाफा ४ अर्बभन्दा बढी, ईपीएस कति?ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा बैंकले ४ अर्बभन्दा बढी खुद नाफा कमाउन सफल भएको छ।

गत असार मसान्तसम्ममा बैंकले ४ अर्ब १२ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१.८७ प्रतिशत बढी हो। खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ रहेको छ।समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.४७ प्रतिशत बढेको छ भने नेट फि तथा कमिशन आम्दानी २४.२८ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ३८.०५ प्रतिशत बढेको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ७५ पैसा बढेर १९ रुपैयाँ ८ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २३.१२ गुणा रहेको छ।भदौ ९ गतेदेखि आईपीओ निष्काशन गर्दै तेह्रथुम पावर

तेह्रथुम पावर कम्पनी लिमिटेडले यही भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्नेछ।

निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।सो शेयरमा सर्वसाधारणले भदौ १३ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पूर्ण आवेदन नपरेमा भदौ २३ गतेसम्म आवेदन दिन मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ६० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।


Last Updated on: August 20th, 2021 at 3:32 pm
४२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया