सोमबार ११ आश्विन २०७८

बेलचौतारामा डेरामा बस्दै आएका जिते नेपाली मनकारी घ’र’भे’टी नहुँदो हो त यतिबेला सडकमा पुगिसकेका हुन्थे । आर्थिक अभावमा बिरामी श्रीमतीको उपचार गर्न सकेका छैनन् । श्रीमतीको रेखदेखमा ख’टि’नुपर्दा मजदुरी काम गर्न बाहिर निस्कन समेत पाएका छैनन् । श्रीमतीको पे”ट फु’लि’ए’र श्वा’स नै रोकिने अवस्था भइसकेको छ । ४१ वर्षीया श्रीमती सरीताको क’ले’जो रो’गका कारण पे’ट फु’लि’एको छ । तत्काल पे’टको पानी फा’ल्नु’पर्ने डाक्टरले सुझाएका छन् । तर उनीसँग पैसा छैन । ३ वर्षअघिदेखि नै रोगले थलिएकी श्रीमतीलाई नेपालीले मजदुरी काम गरी पैसा जम्मा गर्दै उपचार गर्दै आएका थिए । तर अहिले मजदुरी काम समेत भनेजस्तो नभएको र श्रीमतीकै रेखदेख गर्नुपर्दा घर छाड्न नमिल्ने भएपछि खान समेत नपाउने अवस्था भएको छ । ३ छोरा र १ छोरी रहेका यी दम्पतीको कमाईको अरु श्रोत छैन । आमासहित ठूलो परिवार बाँ”च्न नै धौ”धौ भइरहेको अवस्थामा श्रीमतीको रो’गले गरिखाउँ न म’रि’जाउँ अवस्थामा पुगेको नेपाली बताउँछन् ।।


Last Updated on: August 20th, 2021 at 4:25 pm
२५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया