बिहिबार ३१ भाद्र २०७८

काठमाडौं। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सरकारमा जाने तयारी अवस्थामा छ । निर्वाचन आयोगले विभाजित पार्टीका केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गरेलगत्तै सरकारमा जाने भएको हो ।आउँदो हप्ता नेकपा एस सरकारमा जाने निश्चितप्रायः भएको हो ।विश्वस्त स्रोतका अनुसार बामदेव गौतमको नेतृत्वमा नेकपा एस सरकारमा जाने भएको छ । गौतमले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालय पाउने चर्चा छ । उनले गृहको जिम्मवारी मागेपनि देउवाले आफ्ना विश्वासपात्र बालकृष्ण खाँणकै लागि उक्त मन्त्रालय राख्ने भएका छन् ।


Last Updated on: August 20th, 2021 at 6:14 pm
२८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया