शनिबार ०७ जेठ २०७९

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाका एक वडा अध्यक्ष लागू औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा वडा ३ का अध्यक्ष रामशरण थारु रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रवीन्द्र खनालले बताए ।

खनालका अनुसार थारुसहित अन्य तीनजना पनि पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा सुरज थारु, ध्रुव थारु र सुन्दर थारु छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागू औषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीको भनाइ छ ।

ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरुले लागू औषध भुइँमा फालेकाले ठ्याक्कै कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान गरिरहेका छौं, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक खनालले चारै जना प्रयोगकर्ता मात्र भएको अनुसन्धानबाट खुलेको जानकारी दिए । स्थानीय स्रोतका अनुसार पक्राउ परेका वडाध्यक्ष थारु पहिलेदेखि नै लागूऔषध ब्राउनसुगरका प्रयोगकर्ता थिए ।

सोही क्रममा सरकारी मोटरसाईकल ल्याएर सोमबार कोहलपुरमा ब्राउनसुगर खान आएको बेला उनी पक्राउ परेका हुन् । यसबारे थप अनुसन्धान अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।पक्राउ परेका वडाध्यक्ष थारु २०७५ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।


Last Updated on: January 19th, 2022 at 4:05 pm
१७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया