सोमबार ११ आश्विन २०७८

काठमाडौं, ५ भाद्र : कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । उनको आज बिहान निधन भएको हो । कलाकार तथा निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले उनको निधन भएको जानकारी दिए ।

उनलाइ ललितपुरको पाटन अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिए थियो । थापाको स्वास्थ्यमा झन् जटिलता देखिएको कारण भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो l

शम्भुराज थापा पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन चलचित्र, चलचित्रमा अभिनय गर्दै आएका थिए ।


Last Updated on: August 21st, 2021 at 9:30 am
४११ पटक हेरिएको

तपाईको प्रतिक्रिया