शनिबार ०७ जेठ २०७९

बुटवलको देबीनगर स्थित तिनाउ किनारमा ढिस्कोले पुरिँदा २ जनाकाे ज्यान गएकाे छ ।

बुटवल वडा नं.११ प्रगतिनगर स्थित तिनाउ नदि किनारमा आगो तापेर बसिरहेको अवस्थामा एक्कासी ढिस्काे खस्दा २ जनाकाे मृत्यु हुनुका साथै ३ जना घाइते भएका छन्र ।

उनीहरु पुरिएर घाईते भएको र स्थानीयले उद्बार गरेर अस्पताल पुर्याएपछि २ जना मृत्यु घाेषाणा गरिएकाे हाे । पुरिएर मृत्यु हुनेमा स्थानीय गणाेश थापा र शिव थापा रहेका छन् ।

घटनामा परि घाइते हुनेमा केशव पुरी, अशाेक गाहा र अन्य १ जना रहेकाे प्रहरीले जनाएकाे छ ।

ढिस्कोले पुरिएकाहरुलाई घटना लगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरीले जनाएको छ ।

अत्याधिक जाढो भएपछि स्थानीय प्रगतिनगरका स्थानीय तिनाउ किनारको कुना च्याप्दै आगो तापेर बसिरहेको अवस्थामा ढिस्को उनीहरुमाथि खसेको थियो ।

सैनामैनामा एक युवती मृत अवस्थामा फेला

रुपन्देहीको सैनामैना नगरपालिकामा एक युवती मृत अवस्थामा फेला परिकि छिन ।

सैनामैना नागरपालिका ५ प्रगतिटोल निवासी १७ वर्षिय विनिसा सुनारलाई आज बुधवार०उनकै घरमा झुडिएको अवस्थामा परिवारले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

दिउसो १ बजे मात्र परिवारले प्रहरीलाई खबर गरेपश्चत प्रहरी घटनास्थलमा पुगेको थियो । मंगलवार सँगै खाना खाएर सबै परिवार सुतेका थिए । तर विनिसा विहान ढिलो सम्म पनि नउठ्दा परिवारले ढोका खोलेर हेर्दा उनी झुडिएको अवस्थामा फेला परेकी थिईन ।

शवको पोस्ट मार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतामा पठाईएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछानेले जानकारी दिनुभयो ।

कक्षा ८ सम्म अध्ययन गरेकी विनिसा ब्युटि पार्लरमा काम गर्थिन । उनको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: January 20th, 2022 at 3:09 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया