शनिबार ०७ जेठ २०७९

काठमाडौँ । नेपाली सेनाले अनुशासनहीन काम गरेको भन्दै एक जना सेनानी (मेजर)लाई सेवाबाटै ब र्खास्त गरेको छ।सैनिक अदालतले सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका सेनानी (मेजर) अशोक शाहीलाई सेवाबाट बर्खास्तसहित एक महिना कै दको स जाय सुनाएको हो।

मा दक प दार्थ सेवन गरेर ह तियारसहित सैनिक ब्यारेकबाट निस्किएका शाही गत कात्तिक २१ गते कैलालीको चिसापानीको होटल संगममा शाही र होटलसञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झ गडा भएको थियो।

रातको ११ बजे संगम होटलमा पुगेका मेजरले पछि ब्यारेक फर्किएर गेटमा ड्युटी गरिरहेका सैनिकलाई समेत ह तियारसहित लिएर गएका थिए। उनी पुनः होटलमा पुगेपछि घ टना थप चर्किएको थियो।

सुरुमा ग्राहकसँग झ गडा गरेका शाही पछि ब्यारेक फर्किएर ह तियारसहित पुनः वि वाद गर्न पुगेका थिए। उनलाई सैनिक आचरण वि परित काम गरेको ठ हर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए।

सेनाले यस घ टनाको अनुसन्धानका लागि २५ बाहीनीकै महासेनानीको क माण्डमा तत्काल कोर्ट अफ इन्क्वायरी गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरी टिमले स्थानिय, सेनाकै अधिकारी र इलाका प्रहरी कार्यालयका अधिकारीसँग लिएको बयान, उपलब्ध सबुत प्रमाण र मेजर शाहीको बयानपछि आफ्नो प्रतिवेदन बुझाएको थियो।

प्रहरी र स्थानियले कोर्ट अफ इन्क्वायरी मेजर शाहीले घ टनाका दिन राति सर्वसाधारणमाथि ह तियार ते र्साएपछि उनीमाथि कु टपि ट भएको बताएका छन् । प्रहरीले उनलाई जोगाएर कार्यालयमा लैजानुका साथै सेनाको जिम्मा लगाएको थियो।


Last Updated on: January 20th, 2022 at 5:16 pm
१७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया