मंगलबार ०३ जेठ २०७९

काठमाडौं । एक पत्निले आफ्नै लोग्नेलाई बिक्रिमा राखेकी छिन् । खबर हो न्युजिल्याण्डको ।

लिन्डा म्याक एलिस्टर नामक ति महिलाले पतिले बच्चाको स्कुल विदा भएको समयमा पत्नी र बच्चालाई घरमै छाडेर एक्लै माछा मार्ने रमाइलो सहितको घुमफिरमा निस्किएको आरोपमा पतिलाई बिक्रिमा राखेकी थिइन् ।

घरमा सल्लाह नगरीकनै सधै एक्लै घुम्न निस्कने आफ्नो पतिदेवमाथि रिस पोख्नका लागि आवेशमा आएर लिन्डाले पतिलाई बिक्रिमा राखेको बयान दिएकी छिन् ।

त्यसमा उनले आफ्नो पतिको तस्वीरसहित प्रोफाइल तयार गरेर गज्जबको विज्ञापन तयार पोस्ट गरेपछि यी पति पत्नि रातारात संसारभर भाइरल बनेका हुन् ।

लिन्डाले पति ३७ वर्षको हुँदा पनि आफ्नो र छोराहरुको ख्याल नगरेको गुनासो गर्दै आएकी छिन् । लिन्डाले आफ्ना पतिलाई सुरुवातमा २५ डलरमा लिलामीमा राखेकी थिइन् ।

तर उक्त मूल्य बढेर १ सय डलर तिर्न तयार भएको बताइएको छ । पछि पतिसँगको समझदारीमा ति पत्निले विज्ञापन हटाएको समाचारमा जनाइएको छ ।

भक्तपुर, ७ माघ- सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनामा कोरोना सङ्क्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित कर्मचारी होम आइसोलेसनमा छन् । कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो । “कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यक बाहेक अरु सेवा दिन सकिएको छैन”, उहाँले भन्नुभयो । नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ ।

सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । कर्मचारीलाई सङ्क्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उहाँले बताउनुभयो । मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन् । मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना सङ्क्रमित छन् । (रासस)


Last Updated on: January 21st, 2022 at 4:51 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया