सोमबार ०४ आश्विन २०७८

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देश र नागरिकको सेवाबाहेक आफ्नो अरू कुनै काम नभएको बताउनुभएको छ । हिजो शुक्रवार काठमाण्डौको चन्द्रागिरि हिल्समा आयोजना गरिएको ‘भिराडिल–चन्द्रागिरि जेसुम’ उत्सव कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देश र नागरिकको सेवाबाहेक आफ्नो अरू कुनै जागिर नभएको बताएका छन ।

उनले जसले चाहे पनि आफूलाई सदुपयोग गर्न सक्ने बताउनुभयो । जहाँनिर मलाई सदुपयोग गर्न सकिन्छ गर्नुहोस् भन्दै अध्यक्ष ओलीले आफू त्यसका लागि तयार रहेको बताए।

उनले बताए , ‘देशको, नागरिकको सेवाबाहेक छुट्टै जागिर छैन । केही पनि छैन । त्यस कारण जसले जहाँ समाएर काम लगायो, हलो जोत भन्यो, हलो जोत्यो । पर्खाल लगाऊ भने पर्खाल लगायो । घर छा भने घर छायो । ट्र्याक्टर चला भने चलायो । भिराडिल बनाऊ भन्यो बनायो । सम्म पार भन्यो, सम्म पार्‍यो । जहाँनिर सदुपयोग गर्न सकिन्छ म त्यसका लागि तयार छु । तपाईँहरू काम लगाउनुहोस् ।’

कार्यक्रममा उनले शिक्षा सुधारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन । चन्द्रागिरि नगरपालिका १९ मा स्थापित वडाध्यक्ष शैक्षिक विकासका लागि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन । त्यस क्षेत्रको विकास निरन्तर अगाडि बढाउनुपर्ने पनि जोडदारसंग आवाज उठाएका छन ।

त्यस अवसरमा अध्यक्ष ओलीले कार्यक्रममा बस्दा– बस्दै कविता लेखेर वाचन समेत गरेका थिए । शीर्षक आफैँ राख्नुहोस् उनको कविता यस्तो छ


Last Updated on: August 21st, 2021 at 1:03 pm
२०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया