सोमबार ०४ आश्विन २०७८

सामाजिक संजालमा मृ त आमाको काखमा शान्त रहेर सुतिरहेको एक बालकको तस्वीर यतिखेर भाइर`ल बनेको छ । जसले आम मानिसलाई भावु`क बनाएको छ । उक्त तस्वीर हो, रुकुम`पश्चिम आठबिसकोट नगरपालिका- ९ की २८ वर्षीया धर्माकुमारी बटाला र उनका ३२ महिने छोराकाे ।

बिहीबार यात्राको क्रममा धर्माकुमारीको बसमै निध`न भएकाे थियाे । त्यसपछि काखमा रहेकाे उनको छोरा बसकाे सिटबाट खसेर रोए`पछि मात्रै बसका अन्य यात्रुहरुले थाहा पाए|छन्, उनी मृ`त भइसकिन् भनेर । स्थानीयका अनुसार उनी लामो समयबाट मुटुको समस्याले ग्रसि`त थिइन् ।

उनले स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचा`र गराए पनि सन्चो नभ`एपछि श्रीमानसँग सल्लाह`मै उपचा`रको लागि नेपालगञ्ज जाने निर्णय गरेकी थिइन् । उनका श्रीमान नेपालगन्ज`मर् कार्यरत रहेकाे बताइएकाे छ ।

सोही अनुसार उनी बिहीबार राति बस चढेर नेपालगञ्ज`तर्फ हिँडिन् । काखमा ३२ महिनाको छोरा थियाे । छाेरालाइ छाडेर जाने अवस्था नभएपछि काखमै बाेकेर हिँडिन् ।

उनका श्रीमान दलबहादुर बटाला नेपालगञ्जमै ठेकापट्टाको काम गर्दै आएकाले उनकाे उप`चारको लागि बोलाएका थिए । स्थानीय`का अनुसार श्रीमान बाहिरै भएकाले घरको सबै व्यव`स्थापन गरेर घर रेखदेख गर्ने जिम्मा छिमेकीलाई दिइएको थियो ।

यात्राकै क्रममा पटक-पटक श्रीमान्-श्रीमतीबीच कुराका`नी भएको थियो । उनले श्रीमानलाई आफ्नो अवस्था सामान्य भएको बताउँदै आएकी थिइन् । तर यात्राका क्रममै उनले असहज भएको भनेपछि बसका स्टाफले दोस्रो सिटमा ल्याएर बच्चासँ|गै राखेका थिए । यात्राकै क्रममा छिप्पिँदो रातसँगै उनकाे प्राण गएछ ।

त्यसपछि मृत`ककाे काखकाे बच्चा सिटबाट झरेर राेए`छ । हेर्दा उनको निध`न भएको पाइएपछि अन्य यात्रुहरु अत्ता`लिएका थिए । बच्चा रोइक`राइ गरेपछि फकाउनका लागि मृ`त आमाकै काखमा राखिएको थियो । उक्त भावुक तस्बीर अहिले सामाजिक संजालमा भाइ|रल बनेको हाे ।

बस नेपालगञ्ज पुर्याइएपछि श्रीमान दलबहादुरले जिवित हुने आशामा विभन्न अस्प|ताल पुर्याएका थिए । तर चिकित्सकहरुले धर्माकुमारीलाई मृ|त घोषणा गरेका थिए । दलबहादुरले पहिलाको श्रीम|तीले छोडेपछि धर्माकु`मारीलाई दोस्रो बिहे गरेर ल्याएका थिए ।

 


Last Updated on: August 21st, 2021 at 2:59 pm
४९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया