शनिबार ०७ जेठ २०७९

पूर्वबाट आउँदा टिकौली जंगल सकिने ठाउँमा आइतबार दिउँसो साढे दुई बजेतिर चहलपहल बढ्दै थियो।

भरतपुर महानगरपालिका प्रवेशस्थल गोद्राङमा प्रहरी बिटबाट करिब ५० मिटर पर मान्छेहरु सडकछेउको नालीतिर मोबाइल ढल्काएर फोटो/भिडिओ खिच्न व्यस्त देखिन्थे।
भरतपुर महानगरपालिका प्रवेशस्थल गोद्राङमा प्रहरी बिटबाट करिब ५० मिटर पर मान्छेहरु सडकछेउको नालीतिर मोबाइल ढल्काएर फोटो/भिडिओ खिच्न व्यस्त देखिन्थे।
जीवित रहेको कुनै संकेत नदेखिएकाले मान्छेहरू उसको नजिक–नजिक पुगेर फोटो खिच्दै थिए। नालीमा गैंडा अड्किएको खबर बिस्तारै फैलिँदै गयो।

केही बेरमा डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल आइपुगे। त्यसपछि आइपुग्यो, राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र सौराहाको टोली।
वन्यजन्तु चिकित्सक डा. अमिर सडौलाले नालीमा परेको त्यो वयस्क भाले गैंडाको मृत्यु भएको पुष्टि गरे।
त्यसपछि आइपुग्यो चितवन राष्ट्रिय निकुञ्जको टोली। त्यसपछि ६ लेनको सडक निर्माणको काम गर्दै आएको डोजरले नालीमा फसेको गैंडा बाहिर निकालेको थियो।
संरचना निर्माण क्रममा लापरबाही गर्दा देशको अमूल्य सम्पत्ति गुम्न पुग्यो,’ घटनास्थलमा भेटिएका भरतपुर–९ का विशाल थापाले भने, ‘विकासका नाममा वन्यजन्तुको नास हुने भयो।’

भरतपुर र पूर्वी चितवन जोड्ने करिब चार किलोमिटरको टिकौली जंगल क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग पर्छ। जंगलको उत्तरतर्फ जिल्ला वन कार्यालयअन्तर्गतको राष्ट्रिय वन छ, दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्छ।
यो वन क्षेत्रलाई बराण्डाभार वन भन्ने गरिन्छ। दुवैतर्फको वनमा दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, गौरी गाई, भालु, चितुवा लगायतका वन्यजन्तु भेटिन्छन्। ती वन्यजन्तु एकतर्फबाट अर्कोतर्फको वनमा प्रवेश गर्ने राजमार्गबाटै हो


Last Updated on: January 24th, 2022 at 2:58 pm
८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया