शनिबार ०७ जेठ २०७९

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् ।

‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।

कुकुरले नाचेर नै मानिसलाई पल्दै आएको सुन्दा अचम्म लाग्न सक्छ । सामान्यतया कुकुर घर पालुवा जनावारमा पर्छ । तर एक कुकुरले दुई बृद्धअबश्था भएका मानिसलाई पाल्दै आएको घटना साचो हो । ७० वर्षका बुवा र ६७ वर्षकि आमा अहिले आफुहरुलाई कुकुरले पाल्दै आएको बताउछन । पहिले आफ्ना छोराछोरी कोहि नहुदाँ त्यहीँ कुकुरलाई नै आफ्नो छोरा सम्झेर पाल्दै आएको तर अहिले यहि कुकुरले नै आफुहरुलाई पाल्दै आएको बवाले बताएका छ्न । विभिन्न ठाउँमा कुकुर गोरेले नाचेर पैसा कमाउने गरेको उनले बताए ।

अहिले यहि कुकुरले नाचेर कमाएको पैसाले नै आफुले श्रीमतिको औषधि उपचार पनि गर्दै आएको ति बुवाले बताएका छ्न । आफ्नो कुकुर सबै कुरा बुझ्ने भएको उनले बताए । अहिले त आफ्नै सन्तान जस्तै भएको र आफुहरुको दुख कुकुरले देख्न नसक्ने बुबाको भनाई छ । आफुहरुको छोराछोरी जे भने पनि बाच्ने सहारा यहीँ गोरे नै बनेको बुवाले बताउँछन । मानवको बरु यति बुद्धि छैन होला तर कुकुर भएर अनि यति धेरै बुझ्ने भएको बुवा बताउँछन ।

अहिले आफू दिनभरि कुकुर लिएर हिडने र साँझ परेपछि कोठा फर्किने गरेको उनले बताएका छ्न । आफुलाई आजसम्म यहीँ कुकुरले नै पालेको बुवाले बताए । गोरेलाई केहि भयो भने आफ्नो बाच्ने सहारा नै नहुने बुबा बताउँछन । अहिले गोरे कुकुर आफ्नो लागि भगवान भने पनि या अरु नै जे भने पनि यहीँ भएको उनले बताए । गोरेले आफू रुँदा आँसु जिब्रोले पुछिदिने गरेको बुवाले बताएका छ्न । अहिले आफू बस्दै आएको घरको कोठामा बस्ने अन्य मान्छेहरुले कि तपाइहरु निस्किनुस कि कुकुर निकाल्नु परो भन्ने गरेको आमाले बताएकि छिन ।

नगरपालिकाले नमुना सुकुम्बासी टोलमा कोठा दिएको र आफू त्यहीँ बसेको आमाले बताएकी छिन । गोरेलाई सानै देखि आफ्ने छोरा सम्झेर हुर्काएको बुबाले बताएका छ्न । अहिले त आफुहरुको सहारा नै भएकोले छोड्न गोरेलाई छोड्न नसक्ने उनिहरुको भनाई छ । त्यति मात्र नभै अब त गोरेले आफुहरुलाई जे गर्दा पनि नछोड्ने बुबाको भनाई छ । अहिले आफुहरुल ३ दिन देखि केहि नखाएको र भोकले धेरै गाह्रो भएको बुवाले बताएका छ्न ।


Last Updated on: January 24th, 2022 at 3:08 pm
२११ पटक हेरिएको

तपाईको प्रतिक्रिया