शनिबार ०७ जेठ २०७९

एजेन्सी । कोही मानिसलाई समस्याका कारण जोखिम मोल्न बाध्य बनाउँछ । ज्यानकै जोखिम मोलेर केही मानिसले यस्ता काम गर्छन् जसले विश्वभर चर्चा पाउँछ । हालै एक ब्यक्ति त्यस्तै चर्चित भएका छन् । तर उनको नाम गोप्य राखिएको छ । एक जना ब्यक्ति ११ घण्टा भन्दा लामो हवाई उडानमा जहाजको चक्कामा लुकेर पनि जिवितै फेला परेका छन् ।

निकै उचाईमा उडेका जहाजको चक्कामा उनी ११ घण्टा बसेका थिए । माथिको उचाईमा हुने माइनस तापक्रम र अक्सिजनको कमीमा पनि उनी जिवितै फेला परेकोमा विश्वलाई चकित बनाएका छन् । डच प्रहरीले दक्षिण अफ्रिकाबाट एम्टर्डम्सको स्किफोल विमानस्थलमा अवतरण भएको एउटा मालवाहक विमानको पांग्रामा लुकेर बसेको अवस्थामा एकजना मानिस जीवितै फेला परेको जनाएको छ ।

जोहान्नेसवर्गबाट केन्याको राजधानी नैरोबीमा केही समय रोकिएर एम्सटर्डम्स सम्म आइपुग्न यस मालवाहक विमानलाई करिब एघार घन्टा लागेको थियो ।
विमान अत्यन्तै उचाइमा पुगेपछि हुने चिसो तथा न्यून अक्सिजनको वावजुद पनि लामो समयसम्म कुनै मानिस यसरी यात्रा गर्दा पनि बच्न सक्नुलाई निकै अस्वाभाविक घटनाको रूपमा लिइएको छ ।

ती व्यक्तिको नाम, उमेर र राष्ट्रियता यकिन भइनसकेको प्रहरीले जनाएको छ । शाही डच सैनिक प्रहरी प्रवक्ता जोन्ना हेल्मोन्डले विमानको नोज ह्विल सेक्सनमा भेटिएका उनलाई स्थिर हालतमै अस्पताल पुर्‍याइएको र उनी जीवित रहनु ठूलै आश्चर्यको कुरा भएको एएफपीलाई बताएकी छन् । ती अज्ञात व्यक्ति जोहान्नेसवर्ग वा नैरोबीबाट विमान चढेको हो भन्ने पनि यकिन भएको छैन । उनका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।

यो पनि, बलिउड तथा हलिउड चलचित्रकी नायिका प्रियङ्का चोपडा सरोगेसीको मद्दतले आमा बनेकी छन् । चोपडा र उनका श्रीमान् निक जोनसले आफूहरू आमाबुबा बनेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएका हुन् ।

ुहामीले सरोगेसीको माध्यमबाट एक बच्चालाई हाम्रो जीवनमा स्वागत गरेका छौँ । यो विशेष समयमा हामी आफ्नो परिवारमा केन्द्रित छौँ’, चोपडाले लेखेकी छन् । नायिका चोपडाले सन् २०१८ मा निक जोनससँग बिहे गरेकी थिइन् ।

प्रियङ्काले सन् २०१८ मा आफूभन्दा कान्छा अमेरिकन पप स्टार निक जोनससँग विवाह गरेकी थिइन् । भारतीय सञ्चार माध्यम इन्डिया टुडेका अनुसार समयअगावै जन्मिएकाले उनीहरूको बच्चालाई अस्पतालमै राखिएको छ ।

त्यस्तै उनीहरूको सन्तान छोरी भएको बताइएको छ । साउदर्न क्यालिफोर्निया अस्पतालमा जन्म भएको शिशु स्वस्थ नहुन्जेल अस्पतालमै र हने समाचार एजेन्सीले जनाइएको छ । उनीहरूले सरोगेसीका लागि साउदर्न क्यालिफोर्नियाकै एक महिलाको सहयोग लिएको पनि इन्डिया टुडेले उल्लेख गरेको छ ।


Last Updated on: January 24th, 2022 at 3:15 pm
९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया