बिहिबार ३१ भाद्र २०७८

काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अचानक अस्वस्थ बनेका छन् । उनलाई रुघाखोकी र ज्वरो आएको बताइएको छ । प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जालमा जानकारी दिँदै प्रचण्ड अस्वस्थ्य भएको बताएकी छन् । उनलाई लक्षण कोभिडको देखिएको भएपनि रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

फेसबुकमा दाहालले लेखे अनुसार प्रचण्डको कोभिड टेस्ट भने नेगेटिभ आएको छ । टेस्ट रिपोर्ट आएसँगै अहिले प्रचण्डको अवस्था सामान्य रहेको उनले बताएकी छन् ।

देश विदेशबाट धेरैले प्रचण्डको स्वास्थ्य अवस्थाबारेमा बुझ्न खोजिरहेको भन्दै गंगाले औपचारिक जानकारी दिएकी हुन् । उनी प्रचण्डको सचिवालयमा समेत काम गर्छिन् । फाइल तस्बिर


Last Updated on: August 21st, 2021 at 7:57 pm
८९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया