सोमबार ०४ आश्विन २०७८

एक अफगान महिलाले उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा जर्मनीमा बच्चा जन्माएकी छन्।

आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पी, डा सुरु भएको जनाएको छ।

उनको अवस्था ज, x टिल हुँदै गएपछि विमानका कमान्डरले “विमानमा हावाको चाप बढाउनका लागि उडानको उचाइ कम गर्ने निर्णय गरे जसले उनलाई स्थिर बनाउन र आमाको ज्यान ब, x चा,उन मद्दत गर्‍यो।”

जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गर्‍यो।

बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको र उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ।


Last Updated on: August 22nd, 2021 at 4:09 pm
२२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया