शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं । नेकपा माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीताको स्वास्थ्य अबस्था त्यति ठिक छैन । घरमै उपचार भईरहेकाे छ । प्रचण्डको सचिवालयका एक सदस्य विष्णु सापकोटा (जुगल) का अनुसार सीताको उपचार अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचार हुदै आएको छ ।

सीताको समस्या के हो ?

सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । त्यसलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ ।

नेशनल हेल्थ सर्भिस, ब्रिटेनका अनुसार पीएसपी एक दुर्लभ स्थिति हो, जसका कारण मानिसको मानसिक असन्तुलनका साथै हिँड्न, बोल्न र निल्नसमेत कठिन हुने गर्छ । मस्तिष्कको कोशिकामा क्षति हुँदा यस्तो समस्या देखिने चिकित्सकहरु बताउँछन् ।

छोरा प्रकाश दाहालको असामयिक निधनपछि सीतालाई रोगले झन च्यापेको छ । त्यसैले सीताको मन बहलाउन प्रचण्डले बेला–बेला विभिन्न ठाउँमा घुमाउन लैजान्छन् ।

केही बर्ष अघि रामबहादुर थापा बादलसहित प्रचण्ड र सीता म्याग्दीको तातोपानी कुण्डमा पुगेर स्नान गरेको तस्वीर समाजिक सञ्जालमा भाइरल भएको थियो । सीताको उपचारकै सिलसिलामा तातोपानी कुण्डमा पुगेको प्रचण्ड परिवारका सदस्य बताउँछन् ।

अमेरिका लैजानुअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिएको थियो । तर, पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छैन ।

नेपालमा उपचार सम्भव छैन ?

काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालका डा. प्रत्युष श्रेष्ठका अनुसार पीएसपी पार्किन्सनको सबैभन्दा नराम्रो अवस्था हो । रोग यो पूर्णरुपमा निको हुँदैन, रोकथाम गर्न मात्रै सकिन्छ ।

यसको उपचारविधि भनेको औषधि र अपरेसन हो । औषधिले ठीक नभएमा अपरेसन गर्नु पर्ने श्रेष्ठ बताउँछन् ।

उनी भन्छन्, ‘जुन ठाउँमा बिग्रिएर यो समस्या आउँछ त्यो ठाउँमा मुटुमा पेशमेकर राखेजस्तै दिमागमा पनि राखेर उपचार गर्न सकिन्छ ।’


Last Updated on: August 22nd, 2021 at 4:55 pm
३६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया