सोमबार ११ आश्विन २०७८

नायिका प्रियंका कार्कीको कार्यक्रममा चर्चित र्योपर समिर घिसिङ ‘भिटेन’ देखिएका छन् । प्रियंकाको ‘चपचप’ कार्यक्रममा भिटेनले प्रेम सम्बन्ध, प्रहरी हिरासतमा बस्दाको क्षण, सिमियासँगको सम्बन्ध, बाल्यकाल लगायत व्यक्तिगत जिवनका बारेमा दर्शकसामु खुलासा गरेका छन् । उनले सिमियासँगको सम्बन्धका बारेमा बोल्दै आफू र उनीबिच सम्बन्ध कायम रहेको बताएका छन् । भारतको सिक्किम निवासी सिमिया अर्थात् आवन्तिकासँग फेसबुकमा भेटेको उनले सम्झिए । सामाजिक संजाल फेसबुकमा बोलेपछि भेटघाट गरेको भिटेनले बताए । आफूलाई सिमिया धेरै मन पर्ने तर सिमियासँगको भविष्य अनिश्चित रहेको उनले बताए । उनले भने, ‘भविष्यमा कुन कुरा के हुन्छ थाहा हुदैँन ।’ सिमियासँगको सम्बन्ध राम्रो रहेको उनले बताए ।


Last Updated on: August 23rd, 2021 at 1:04 pm
७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया