शुक्रबार ०८ आश्विन २०७८

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिबान समूहले देशछाडेर हिँडेका राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमरुल्ला सालेहलाई आममाफी दिएको घोषणा गरेको छ।

तालिबानले राजधानी काबुल कब्जा गर्नेलाग्दै गनी देश छाडेर भागेका थिए। हाल उनी युएईमा शरण लिएर बसिरहेका छन् । यस्तै, उपराष्ट्रपति अमरुल्ला सालेह पन्जसिरमा निर्वासनमा छन्।

 

सोमबार तालिबान समूहका खलिल रहमान अल हक्कानीले उनीहरुलाई माफी दिइएको र अफगानिस्तान फर्कन सक्ने सञ्चारमाध्यमलाई बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन।

तालिबानले देशभित्र र बाहिर कोही कसैसँग दुश्मनी भाव नराख्ने बताएको छ।


Last Updated on: August 23rd, 2021 at 4:11 pm
१९६ पटक हेरिएको

तपाईको प्रतिक्रिया