सोमबार ०४ आश्विन २०७८

कास्कीको विभिन्न स्थानमा भएको दुर्घटनामा परी दुई युवकको मृत्यु भएको छ भने एक बालिका बे,पत्ता भएकी छन् । प्रदेश प्रहरी कार्यालय गण्डकीका अनुसार पोखरा महानगरपालिका–१६ लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलको स्टाप क्वाटरको छतबाट ख, स्दा स्थानीयवासी ४० वर्षीय शङ्कर थापाको निधन भएको हो । छतको टिन मर्मत गर्ने क्रममा अचानक ख,सेर घाइते भएका उनको पोखरास्थित फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पोखराको नागढुङ्गामा ग२०प ६०७५ नम्बरको मोटरसाइकल र ग१य ११७१ नम्बरको गाडी एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा परी मोटरसाइकल चालक पोखरा–१७ विरौटा बस्ने १९ वर्षीय कृष्ण देवकोटाको मृत्यु भएको हो । दुर्घटनामा परी ग,म्भीर घाइते भएका उनको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान पोखरा–२६ कालिकाचोकस्थित नहरले बगाउँदा एक बालिका बे, पत्ता भएकी छन् । सोलुखुम्बु घर भई हाल पोखरा–२६ बूढीबजार बस्ने ११ वर्षीया दीपशिका भुजेल खेल्ने क्रममा अचानक नहरमा ख,स्दा बे,पत्ता भएकी हुन् । उनको खोजी कार्यलाई तीव्रता दिएको प्रहरीको भनाइ छ ।


Last Updated on: August 25th, 2021 at 9:35 am
२१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया