बिहिबार ०७ आश्विन २०७८

काठमाडौँ, । पूर्वसचिव तथा दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी(सीडीओ) द्वारि’कानाथ ढुङ्गेलले टिंकरभञ्ज्याङ्ग तथा कालापानीको निरीक्षणमा गएको तथ्य पुष्टि गर्ने कागजात फेला पारेको छ । प्राप्त पुराना ऐतिहासिक कागजातहरुमा पूर्वसीडीओ ढुङ्गेल दार्चुलामा हाजिर हुन जाँदा २ नोभेम्बर १९७९ अर्थात् १६ कात्तिक २०३६ सालमा नेपालस्थित भार’तीय राजदूता’वासले ढुङ्गेललगायतको टोली उत्तर प्रदेशको पिथौ’रागढ जिल्लाको धार्चुला हुँदै दार्चुला जानुहुने भएकोले ट्रान्जिटको सुविधा उपलब्ध गराइदिनु भन्ने व्यहोरा समेतको पत्र रहेको छ ।

दूतावासको पत्रलाई सबडिभिजन प्रमुख(एसडीएम)ले नोभेम्बर १० १९७९ अर्थात् वि.सं. २०३६ कात्तिक २४ गते शनिबार धार्चुलाको बाटो हुँदै प्रस्थानका लागि अनु’मति दिइएको भनेर सदर गरेको छ । त्यस्तै ढुङ्गेल उनले आफू पिथौरागढ जिल्लाको धार्चुला, मैलजीवी बालुवा चेकपोष्टको बाटो आवा’गमन गरिरहनुपर्ने भएकोले यात्रा अनुमतिका लागि आफू प्रमुख जिल्ला अधिकारी हुँदा आफैँले आफैँ प्रजिअ आफ्नो लागि सिफारिस गरेको पत्रमा निवेदक पनि आफैँ रहेको भनी दस्तखत पत्रलाई अगष्ट १४, १९८१ सालमा छ महिनाका लागि सुरक्षित इलाकाको नेपाल–भारत सीमाबाट दश किलोमिटर भित्रसम्म जान अनुमति दिइएको भन्ने डि’ष्ट्रिक्ट मेजिष्ट्रेट पिथौरागढले सिफारिस गरेको पत्र समेत प्राप्त छ ।

त्यस्तै उनी २०३८ को साउन महिनामा लीपु दर्राको टिङकर गएको र फर्किँदा कालापानी निरीक्षणमा गएको इन्ट्री अभिलेख समेत फेला परेको छ । प्राप्त अभिलेखमा उनी ५ साउन २०३८ मा धार्चुलाको बाटो हुँदै मैलजीवी हुँदै स्याकु भन्ने स्थानमा बसेको, ६ साउनको ६ बजे साँझ दुम्लिङ्गको राल्पामा बास बसेको, ७ गते बिहान ६ बजेर ३० मिनेटमा छांगुका लागि हिँडेकोमा साँझ ७ बजेर ३० मिनेटमा पुगेको उल्लेख छ । उनी ८ गते साँझ ५ बजे नेपाल–चीनको सीमा टिंकरभञ्ज्याङ्ग पुगेको उल्लेख छ । उनी साउन ९ र १० गते टिंकरमा बसेर ११ गते बिहान ७ बजे ताक्ला’कोटका लागि हिँडेका थिए ।

उनी १० बजेर १५ मिनेटमा लिपुलेक र ३ बजेर ३० मिनेटमा ताक्लाकोट पुगेर बसेको उल्लेख छ । उनले १२ गते नेपाल–चीन सीमास्तम्भ नम्बर एक निरीक्षण गरी तिब्बतको ताक्लाकोटमा गएर तिब्बती प्रशासनसँग सीमा तथा चरिचरनको विष’यमा समेत छलफल गरी १२ गते ताक्लाकोटको पाहुना घरमा बसेको उल्लेख छ । उनी १३ साउनको ७ बजेर ३० मिनेटमा मा’नसरोवरका लागि प्रस्थान गरेर ११ बजेर १० मिनेटमा पुनः ताक्ला’कोट फिर्ता भएर १४ गते बैठक गरेको टाइम कार्डमा उल्लेख छ ।

उनी १५ गते बिहान ६ बजे टिंकरको लागि हिँडेकोमा ९ बजे जिउजिउमा, १२ बजे लिपु, ३ बजे धोर्पा र साँझ ५ बजे टिंकर पुगेका थिए । उनी १६ गते छ्यांगु गएर बसेको, १७ गते बिहान १० बजेर ३० मिनेटमा व्यास क्षेत्रको छांगु गाउँको सीतापुल तरेर गुन्जी हुँदै दिउँसोको २ बजेर १० मिनेटमा का’लापानी पुगेर निरीक्षण गरेका थिए । भने साँझ ६ बजे गुन्जीको गव्र्याङ्गमा फिर्ता भएर बसेका थिए । उनी १८ देखि २१ गतेसम्म छ्यांगु गएर बसेको र २२ गते दुम्लिङ्ग पुगेका थिए । २३ गते बिहान ९ बजेर ३० मिनेटमा राप्ला पुगेका उनी साँझ कुटी पुगेका थिए भने १९ दिनपछि २४ गते मात्र दार्चुला पुगेको अभिलेख छ ।

उनको यो भ्रमणले अहिले भारतले निकालेको नयाँ नक्सामा मिचिएको कालापानी क्षेत्रको सबै भूभाग २०३६ सा’लसम्म नेपालको भएको पुष्टि गरेको छ । तर, त्यसपछि कहिले उक्त भूभाग भारतले मिचेको भन्ने अझै पनि नेपाली पक्षले किटान गर्नसकेको छैन । यद्यपि विभिन्न प्रमाणहरुले कालापानी क्षेत्र नेपालको भए पनि पछि भारतले मिचेको भन्नेचाहिँ पु’ष्टि भ’एको छ । नेपाल सरकारले उक्त जमिन नेपालको भएको दा’बी गर्दै आए पनि अहिलेसम्म भारत वार्ताको लागि बस्न समेत तयार भएको छैन । आर्थिक दैनिकबाट


Last Updated on: August 25th, 2021 at 9:58 am
७१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया