शुक्रबार ०८ आश्विन २०७८

एजेन्सी। दक्षिण पूर्वी एसियाको भ्रमणमा रहेकी अमेरिकी उप–राष्ट्रपति कमला ह्यारिसले सिंगापुर भ्रमणको बेला दक्षिण चीन सागरको मु,द्दामा धारणा राख्दै चीनप्रति निशाना साँधेकी छिन्। सोमबारबाट उनको दक्षिण पूर्वी एसियाको भ्रमण सुरुवात भएको छ। उनले सिंगापुर भ्रमणका बेला दक्षिण चीन सागरमा चीनले ज,ब,र्ज,स्ती गरेको गर्ने गरेको र अन्य दाबीकर्ता मुलुकलाई ध, x म्क्या, x उने गरेको आरोप लगाइन्।दक्षिण चीन सागर एक रणनीतिक समुद्र मार्ग हो। यो समुद्र तेल र ग्यासजस्ता प्राकृतिक खनिजले सम्पन्न छ। तर यो पुरा समुद्री क्षेत्रमा चीनले आफ्नो अधिकार भएको बताउँछ। चीनसँगै भियतनाम, फिलिपिन्स, मलेसिया र ब्रुनाईले पनि यो समुद्रमा दाबी प्रस्तुत गर्दछन्। ह्यारिसले दक्षिण चीन सागरको विषयमा भनेकी छिन्,‘हामी ख,त,राको स्थितीमा आफ्ना सहयोगीको साथमा हुनेछौं।’दक्षिण चीन सागरको मामिलामा अमेरिकाले चीनको दाबीको बिरोध गर्दै आएको छ र पछिल्लो समय अमेरिकी जहाजहरु सो समुद्री क्षेत्रमा तैरिन थालेका छन्। सन् २०१६ मा अन्तर्राष्ट्रिय अदालतले पनि यो सागरमा चीनको दाबी अ,वैधानिक भएको बताएको थियो। इन्डो–प्यासिफिक क्षेत्रमा चीनविरुद्ध एक हुने भनेर अमेरिकाले भारत, अस्ट्रेलिया, जापान र आफू सम्मिलित क्वाड समूह नै गठन गरेको छ।


Last Updated on: August 25th, 2021 at 1:21 pm
३२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया