शुक्रबार ०८ आश्विन २०७८

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का नेताहरुले अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग फोटो खिचाउनेहरुले पनि पहिले नयाँ पार्टी गठनका लागि उक्साएको बताएका छन् । “अहिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला,” नेता गंगालाल तुलाधरले भने, “पार्टी गठन गर्न उक्साउने उहाँहरु नै हो । अहिले धोका दिनुभयो ।”

निर्वाचन आयोगका पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेकपा (एकीकृत समाजवादी)का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । उनीहरुले आजै दल दर्ताको प्रमाणपत्र लिने तयारी गरेका छन् ।

Facebook


Last Updated on: August 25th, 2021 at 3:46 pm
२६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया