सोमबार ११ आश्विन २०७८

पोखरा महानगरपालिका बुढी बजारकि एघार वर्षीय दिप्सिका आफ्नो घर छेउमा भएको नालीमा चप्पल बगाउँदै दिदीबहिनी खेलिरहेका थिए।पानी परेका कारण एक्कासि बढेको नालीको कारण उनको खेल्ने क्रममा चप्पल समेत बगायो।

त्यही चप्पल लिने क्रममा उनी पनि नालीमा पसिन् र उनलाई डुबेर त्यहीँ नालीमा बेपत्ता बनायो।उनको अहिलेसम्म पनि खोजी कार्य भैरहेको छ,नेपाली सेना, शसस्त्र प्रहरी,गोताखोरको उद्धार टोली उनको खोजी कार्यमा लागिरहेको छ।

उनलाई अहिलेसम्म पनि भेटाउन सकिएको छैन।नालीमा पानीको बहाब माथिसम्म आएको कारण नालीको गहिराइ समेत निकै नै बढेको छ।पानीको बढ्दो भेलले उनलाई कहाँ लगेर थुपारेको छ अहिलेसम्म केही थाहा छैन।उनी घरबाट बिहान ९ बजे खाना खाएर घर अगाडी रहेको नालीमा गएकी थिइन्।

अहिले पनि मानिसहरूको भीड लागिरहेको छ वरिपरि।तर उनलाई भेटिएको छैन,स्थानीय मिडियाकर्मी हरू समेत आएर घटनाको विषयमा प्रत्यक्षदर्शीहरूसँग कुरा कानी गरी रिपोर्टिङ गरिरहेका छन्।

पोखरा त्यसै पनि भौगोलिक रुपमा जोखिममा परिरहेको छ।पोखरा बेलाबेलामा भासिरहेको पनि समाचार आइरहेको छ।पोखरा महानगरपालिका मा अवस्थित महेन्द्र पुल नजिकै रहेको गरिमा विकास वैंक र उत्तम भाँडापसल नजिकै जमिन यसरी भासियो छ कि जहाँ एउटा डोजर समेत फस्न पुगेको छ।

अहिले गरिमा बिकास वैंक र भाँडा पसल उच्च जोखिममा रहेका छन् र यसरी नै भासिने हो भने वरपर रहेका अन्य ठाउँहरू पनि भासिन सक्ने अनुमान गतिएको छ।पोखरा त्यसै पनि भासिरहने ठाउँ हो यद्यपि अहिल! भासिएको ठाउँलाई त्यति जोखिम नमानिएको तर अहिले आएर भासिएर जोखिम अझै बढेको पाइएको छ।

यस अघि अस्ति भर्खरै मात्रै पोखरा महानगरपालिका वडा नं१२ स्थित अमिन तारा भन्ने ठाउँ जहाँ आज भन्दा तीन चार महिना अगाडि तिर प्रश्तुत गरिएको भिडियो रिपोर्टिङ थियो।त्यसपछि उक्त भिडियोलाई विभिन्न चरणमा फलो अप भिडियो देखाइएको थियो।

त्यतिबेला यस ठाउँमा पानी नपर्दै जमिन चर्किएको दृश्य देखाइएको थियो।र त्यसबेला त्यही ठाउँ जहाँ सेती खोला यति ठूलो भएको छ त्यहीँबाट रेकर्ड गरिएको भिडियो सामाग्री पनि हामीले यसै न्युज मार्फत सम्प्रेषण गरेका थियौँ।

स्थानीयहरू आफ्ना बालबच्चा जोगाउन मुस्किल पर्ने भयो कहिले खोचमा पर्लान् कि भन्ने मात्रै चिन्ता बढीरहन्छ भनेर चिन्ता पोखिरहेका छन्। कतिपय ठाउँमा त हामी आफैंलाई पनि जान गाह्रो हुने गर्दछ।एउटा गल्छीमा त पोहोर साल कुकुर समेत पसेर उद्धार गरिएको थियो। पोखराको भुभाग स्थायी प्रकृतिको नभएको पनि भुगर्भ विदहरूले जानकारी गराइरहेका छन्।

धेरैजसो भुभागमा स्वान्द्रो,तालहरू,गल्छी तथा गुफाहरू भएको कारण त्यहाँको जमिन नै कमजोर भैरहेको छ र त्यस ठाउँ भूक्षय उच्च जोखिममा रहेको छ।

 


Last Updated on: August 26th, 2021 at 11:06 am
२३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया