बिहिबार ०७ आश्विन २०७८

वीरगञ्ज । वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय कामदार घाइते भएका छन् ।

दिउँसो पौने १ बजेको समयमा फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो ।

घाइते सबैको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ । वीरगंज–२२ मनियारीको जगरनमथपुर, वडा नं ३० लालपर्सा र वडा नं २८ बगहीको करिब डेढ विघा जग्गामा १ अर्बको लगानीमा सर्वोत्तम स्टील स्थापना भएको हो ।

 


Last Updated on: August 26th, 2021 at 5:25 pm
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया