शुक्रबार ०८ आश्विन २०७८

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन आनन्द वा उल्लासमय रहला। शारीरिक वा मानसिक स्वास्थ्य स्वस्थ रहला। गरेको सबै काममा सफलता मिल्नेछ। घरायसी वातावरण प्रफुल्लित रहनेछ। मित्र र आफन्तसँग आनन्ददायी यात्राको योग छ। आर्थिक लाभ होला।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus):

तपाईको दिन शुभ फलदायी छ। अनेक प्रकारको चिन्ताले सताउनेछ र शारीरिक स्व्स्स्थ्य ठीक रहनेछैन। कुनै कारणवश खर्च होला। गरिएको कार्यमा असन्तोषजनक परिणाम प्राप्त हुँदा मनमा ग्लानि रहनेछ। अविचारी निर्णयबाट गलत धारणा खडा नहोस् यस कुराको ध्यान दिनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :

तपाईलाई अनेक रुपबाट लाभ हुनुको साथै हर्षोल्लास दुई गुणा बढ्नेछ। श्रीमती एवम् पुत्रको तर्फबाट लाभदायी समाचार मिल्नेछ। विवाहउत्सुकले योग्य जीवनसाथी प्राप्त गर्नेछन्। समयानुसार उत्तम भोजन सुख प्राप्त होला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन व्यवसायीको लागि लाभदायी छ। उच्च अधिकारीको कृपा दृष्टि रहनेछ। परिवारमा आवश्यक विषयमा चर्चा हुनेछ। आमाको स्वास्थ्य स्वस्थ रहला। कार्यभारको कारण थकान अनुभव होला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन धार्मिक प्रवृत्तिमा बित्नेछ। कुनै पनि धार्मिक स्थलमा जाने सुनौलो अवसर प्राप्त होला। व्यवसायमा बाधा उपस्थित होला। स्वास्थ्य मध्यम रहला। रिसलाई सकेसम्म आफूभित्र रहन नदिनुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

बोली र व्यवहारमा विशेष ध्यान दिनुपर्ने हुन्छ। कुनै नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। रिसमा आएर केहि कार्यको निर्णय नलिनुहोला। परिवार एवम् आफन्तसँग उग्र विवाद हुन सक्छ। सकेसम्म यात्रा नगर्नुहोला। शत्रुबाट सावधान रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

तपाईको दिन मित्र एवम आफन्तसँग खानपिन र प्रेमसम्बन्धको कारण प्रफुल्लित रहनेछ। यात्रा हुने योग छ। आत्म-सम्मान वृद्दि होला। तन-मनको तन्दुरुस्त रहला। मनोरंजन एवम् वस्त्रको खरिद गर्नुहुने योग छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

तपाईको पारिवारिक वातावरण आनन्द वा उल्लासमा बित्नेछ। स्त्री मित्रसँग मेलमिलाप वा प्रणयको प्रसंग उपस्थित हुनेछ। आर्थिक लाभ मिल्नुको साथै अधुरो कार्य पूरा हुनेछ। बिरामी व्यक्तिको स्वास्थ्य स्वस्थ रहनेछ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

कार्यमा सिद्धि वा सफलता नमिल्दा निराश अनुभव होला। रिसलाई नियन्त्रण गर्नुहोला। सन्तानबाट विभिन्न प्रश्नको उत्तर दिनुपर्ने हन्छ। सकेसम्म कुनै पनि यात्राको थालनी नगर्नुहोला।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

तपाईको दिन अशुभ छ। शारीरिक एवम् मानसिक रुपले भरपुर प्रतिकुलता अनुभव गर्नुहुनेछ। समय अनुसार भोजन नमिल्दा अशान्ति अनुभव होला। जल एवम् स्त्री मित्रबाट सम्हालेर रहनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

चिन्ताको बादल हट्नाले मानसिक रुपले हल्का महसुस गर्नुहुनेछ। मनमा उत्साह संचार हुनेछ। कुनै पनि महत्त्वपूर्ण योजना बनाउन सक्नुहुन्छ। छोटो यात्राको आयोजन गर्नुहुन्छ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

अति आवश्यक खर्च मात्र गर्नुहोला। धन सम्बन्धित लेन-देनमा अत्यन्त सावधान रहनुपर्ने हुन्छ। शारीरिक एवम मानसिक स्वास्थ्यमा समस्या होला। परिवारसँग मनमुटावको प्रसंग बन्न सक्छ। खानपिनमा ध्यान दिनुहोला।

 


Last Updated on: August 26th, 2021 at 8:54 pm
२४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया